शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा भ्याक्सिनको सबैभन्दा ठूलो ट्रायल सुरु

मङ्गलबार, १३ साउन २०७७, ०५ : ५०
मङ्गलबार, १३ साउन २०७७

कोरोनाभाइरसको भ्याक्सिन बनाउने क्रममा सोमबार संसारको सबैभन्दा ठूलो ट्रायल सुरु भएको छ । यो ट्रायलमा ३० हजार व्यक्तिहरुको सहभागिता रह्यो । संसारभरी कोरोना भ्याक्सिनको खोजका लागि कोसिस जारी छ । तीमध्ये जुन भ्याक्सिन अन्तिम चरणमा छन्, त्यसमा अमेरिका पनि समावेश छ ।

यद्यपि, अहिलेसम्म नेशनल इन्स्टिच्यूट अफ हेल्थ एण्ड मोडर्ना इंकर्मात् बनाइएको यो भ्याक्सिनले साँच्चै नै कोरोनाबाट जोगाउँछ भनेर प्रमाणित भने भइसकेको छैन । परीक्षणमा सहभागी भएकाहरुलाई पनि वास्तविक भ्याक्सिन दिइएको हो वा नक्कली भ्याक्सिनले परीक्षण गरिएको भन्ने जानकारी दिइएको छैन ।

दुईवटा खुराक दिएपछि वैज्ञानिकले दैनिक कामकारवाहीका क्रममा कुन समूह बढी संक्रमित हुन्छन् भन्ने कुराको निकै सूक्ष्म तरिकाले अध्ययन गर्नेछन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप