विचाराधीन मुद्दामा टीकाटिप्पणी नगर्न सर्वोच्चको अनुरोध
काठमाडौं । अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले अनुरोध गरेको छ ।
सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त हुने संस्था भएको हुँदा काम कारवाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचार प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोध अनुरोध गरिएको छ । साथै, न्यायायापालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान दिन भनिएको छ ।
स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख छ ।
“लोकतान्त्रिक विधि र पद्धतिमा राज्यका हरेक पेसा र व्यवसायको न्यूनतम आचारसंहिता हुने र सार्वजनिक निकायको जवाफदेहितासरहको महत्व त्यस प्रकारका पेशागत आचारसंहिता पालनाको समेत रहने गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासका माध्यमबाट स्थापित गरिएको विदितै छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट