अवैध क्रसरमाथिको एक्सनमा सम्झौता हुँदैन : डीआईजी धानुक
घोराही । ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी रवीन्द्र धानुकले दाङसहित प्रदेश ५ का अवैध क्रसरमाथिको एक्सनमा कोहि कसैसँग कम्प्रमाइज नगर्ने बताउँदै गलत गर्नेलाई कारबाही हुने चेतावानी दिएका छन् ।
रातोपाटीसँगको कुराकानीको क्रममा डीआईजी धानुकले अवैध क्रसरमाथि प्रहरीले छानबिन गरिरहेको भन्दै गलत काम सबै बन्द हुने दावी समेत गरे ।
‘अवैध क्रसरमाथि हुने एक्सनमा प्रहरीबाट कुनै कम्प्रमाइज हुँदैन, कानुन विपरित देखिने र सूचना आउने काम सबै बन्द हुन्छ । यसमा ढुक्क भए हुन्छ,’ धानुकले भने, ‘जागिरको उत्तराद्र्धमा भएको बेला मैले एक रुपैयाँ पनि खाँदिन, गलत काम पनि हुन दिन्न । अवैध क्रसरमाथिको एक्सनमा सम्झौता पनि हुन्न ।’
डीआईजी धानुकले आफु नै सक्रिय भइ अवैध क्रसरमाथि निगरानी बढाउन र छानबिन गर्न प्रदेश मातहतका जिल्ला प्रहरी प्रमुखहरुलाई लिखितरुपमा निर्देशन दिइसकेका छन् ।
डीआईजीको चासोपछि पहिलोपटक दाङ प्रहरीले डीएसपी सुमित खड्काको नेतृत्वमा अवैध क्रसरबारे छानबिन गर्न समिति समेत गठन गरेको छ । समितिलार्इ प्रतिवेदन बुझाउने समय ७ दिनलाई दिइएको छ ।
डीआईजी धानुकले अवैधरुपमा चलिरहेका क्रसरबारे छानबिन गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले पनि घटनाबारे चासो देखाएका छन् ।
बाँकेमा सिडिओ, एसपी र जिल्ला समन्वय समिती मिलेर आफै २४ वटा अवैध क्रसर बन्द गरेका छन । छिमेकी जिल्ला बाँकेमा अबैध क्रसर बन्द भएपछि दाङमा पनि अबैध क्रसर बन्द गर्न सिडिओ र एसपिमाथी चौतर्फी दबाब बढेको छ ।
दाङमा ४५ वटा क्रसर चालु अवस्थामा रहेपनि ३५ वटा क्रवरले बालुवा प्रशोधनका नाममा अवैधरुपमा क्रसिङको काम गरिरहेको जिल्ला समन्वय समिति र घरेलु साना उद्योग कार्यालय दाङले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
