शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लाइसेन्स बनाइदिन्छु भन्दै रकम असुलेपछि थानकोट प्रहरीको फन्दामा

सोमबार, १२ साउन २०७७, २० : ००
सोमबार, १२ साउन २०७७

काठमाडौँ । महानगरीय प्रहरी बृत्त थानकोटको स्पेशल टाक्स फोर्सले घरमै बसी बसी लाइसेन्स बनाइदिने भन्दै ठगी गर्नेलाई पक्राउ गरेको छ ।  विशेष सूचना तथा निरन्तर निगरानी पश्चात प्रहरी टोलीले चन्द्रागिरी नगरपालिका– ३ थानकोट खरीबोटस्थित  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी विभिन्न व्यक्तिहरूसँग रकम असुली गर्ने एक जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख डीएसपी  घनश्याम श्रेष्ठले पक्राउ पर्नेमा  मुगु जिल्ला, खप्तड गाउँपालिका–८ घर भई हाल भक्तपुर मध्यपुर थिमि नगरपालिका मगरगाँउ बस्ने बर्ष २५ को प्रेमराज पाण्डे रहेको बताए ।

डीएसपी श्रेष्ठकाअनुसार विगतमा काठमाडौँ चन्द्रागिरी नगरपालिका–४ बस्ने मंगल श्रेष्ठ तथा शैसब श्रेष्ठलगायतलाई लाइसेन्स बनाइदिने भन्दै प्रतिव्यक्ति रू १३,५०० रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।  यस सम्बन्धमा मुलुकी अपराधसंहिता २०७४ अन्तर्गत ठगी सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप