बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरान सरकारका प्रवक्ता पनि कोरोनाभाइरसबाट सङ्क्रमित

सोमबार, १२ साउन २०७७, १९ : ५२
सोमबार, १२ साउन २०७७

एजेन्सी । इरान सरकारका प्रवक्ता अलि रबिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले नियमित साप्ताहिक पत्रकार सम्मेलन समेत स्थगित गरेका छन् ।  

उनलाई थप उपचारका लागि अस्पताल लगिएकाले पनि पत्रकार सम्मेलन हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।   प्रवक्ता रबि कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले पुष्टि गरेको इरानको सरकारी सञ्चार संस्था आइआरएनएले सोमबार जनाएको छ । 

उनको उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था सन्तोषजनक नै रहेको जानकारी दिएका छन् । उनीहरुले उनलाई सङ्क्रमण भएपनि खतरा भने नरहेको स्पष्ट पारेका छन् ।

इरानमा गत फेब्रुअरीको १९ तारिखदेखि अहिलेसम्म कोरोनाभाइरसबाट दर्जनौ राजनीतिज्ञहरु सङ्क्रमित भएका छन् ।  सोमबारसम्म इरानमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ९३ हजार ६०६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  

त्यसैगरी कोरोनाभाइरसकै कारण इरानमा अहिलेसम्म १५ हजार ९१२ जनाको मृत्यु भएको पनि सरकारी तथ्याङ्क छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप