अजोड इन्स्योरेन्सको सेयर सूचीकरण
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच सेयर सूचीकरण गर्ने सम्झौता भएको छ । अजोडको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको एक करोड कित्ता सेयर स्टक एक्सचेन्जमा सूचीकरण भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत ३० लाख कित्ता साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा बितरण गरिएको ३० लाख कित्ता तथा कम्पनीका संस्थापकहरुले लगानी गरेको ७० लाख कित्ता शेयर समेत गरी जम्मा १ करोड कित्ता सेयर सूचीकरण भएको हो ।
शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरेका छन् । सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र मूख्य प्रवन्धक/कम्पनी सचिव वैद्यनाथ प्रसाद उपाध्याय समेतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण