बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सर्पको टोकाईबाट दाङमा एक बालकको मृत्यु

सोमबार, १२ साउन २०७७, १५ : ५३
सोमबार, १२ साउन २०७७

दाङको देउखुरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ निवासी ७ वर्षीय बालक राजन चौधरीलाई सर्पले डस्दा मृत्यु भएको राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

 कुलोमा माछा मार्न गएका बेला ती बालकलाई बिषालु डसेको थियो । सर्पको टोकाईबाट बिरामी परेको ती बालकलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि संर्प दंश उपचार केन्द्र गोरूसिंह लगिएको थियो ।त्यहाँ उपचार सम्भव नभए पछि बालकलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै निधन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप