शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संक्रमित भेटिएपछि यस्तो देखियो महाबौद्ध क्षेत्र, तस्बिरमा हेर्नुहोस्

सोमबार, १२ साउन २०७७, १५ : ३८
सोमबार, १२ साउन २०७७

काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने २ जनामा कोरोना पोजेटिभ देखिएपछि वडा कार्यालयले सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई परीक्षणका लागि अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको छ । 

भारत स्थायी घर भइ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न सार्वजनिक सूचना जारी गरेको हो । वडा अध्यक्ष चिनियामान बज्राचार्यले एक सूचना जारी गरी उनीहरुको संसर्गमा आएकालाई यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेका हुन् । 

वडा कार्यालयले गणेशमन्दिर देखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरुको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप