सरिता गिरीको बर्खास्तीपछि सिटौला बनिन् सांसद
सोमबार, १२ साउन २०७७, १४ : ३८
काठमाडौं । समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन् । समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेसँगै उनको ठाउँमा सिटौला सांसद बनेकी हुन् । तत्कालीन समाजवादी पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचीमा गिरीपछि सिटौलाको नाम थियो ।
सोही आधारमा निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित भएको घोषणा गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि गिरीले संविधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टी हितविपरितको गतिविधि गरेको भन्दै समाजवादी पार्टीले उनलाई सांसद नरहने गरी कारबाही गरेको थियो । त्यसविरुद्ध उनी सर्वोच्च गएको भएपनि सर्वोच्चले आइतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण