मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मध्यपहाडी क्षेत्रमा आगामी तीन दिन भारी वर्षा भएर नदीहरुको जल सतह बढ्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । गत हप्ताभन्दा केही कमजोर वर्षा भएपनि मध्यपहाडी क्षेत्र भएर बग्ने ठूला नदीका सहायक नदीहरुमा पानीको सहत बढ्ने सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको हो ।
गण्डकी प्रदेशका काली गण्डकी, सेती गण्डकी तथा प्रदेश नम्बर ५ का पश्चिम राप्ती, तिनाउ र बबई नदीका सहायक नदीहरुमा पानीको बहाब बढ्ने सम्भावना रहेको विभागका सूचना अधिकारी विक्रम श्रेष्ठ जुवाले बताए ।
आगामी तीन दिन १३, १४ र १५ गते गण्डकी र प्रदेश नम्बर ५ सँगै सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरामा समेत बाढीको सम्भावना रहेको छ । प्रदेश नम्बर २ का बारा, पर्सा र सप्तरीमा पनि बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।
विभागले चितवन, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, बागलुङ भएर बग्ने साना नदीहरुमा आकस्मिक बहाबको उच्च सम्भावना रहेको जनाएको छ ।
यस्तै म्याग्दी, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा रुकुम, प्युठान, सल्यान, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर भएर बग्ने साना नदीमा पनि बहाब बढ्ने सम्भावना उच्च छ ।
बाढीसँगै मध्यपहाडी क्षेत्रमा पहिरो र तराईको केही स्थानमा डुबान हुन सक्ने श्रेष्ठले बताए । प्रदेश नम्बर १, २ स्थान, प्रदेश नम्बर ५ का केही स्थान र सुदूरपश्चिम प्रदेशमा पनि केही क्षेत्रमा डुबान हुन सक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
-
फ्लोरिडामा जेट ब्लुको विमानको ल्यान्डिङ गियरमा भेटियो २ शव
-
दुर्घटनामा ३ जनाको मृत्यु
-
पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालनमा
-
विभिन्न विषयका पाठ्यक्रम स्वीकृत, विद्यार्थीले घरमा गरेको कामको मूल्यांकन गरिने
-
विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो