चिनियाँ डाक्टरले भने, ‘ऊहानले जानकारी लुकायो’
सोमबार, १२ साउन २०७७, १२ : ५३
चीनमा कोरोनाबारे सुरुमै पहिचान गर्नेमध्ये एक डाक्टरले स्थानीय अधिकारीले सुरुवाती संख्या लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।
प्राध्यापक क्वांक–युग युनले ऊहानभित्र अनुसन्धान गर्न मद्दत गरेका थिए । उनले त्यहाँ प्रमाण लुकाइएको र क्लिनिकल फाइन्डिङ रेस्पोन्सको गती पनि कम गरेको बताएका छन् ।
भाइरस हुनान मार्केटबाट फैलिएको मान्यता राखिन्छ तर प्राध्यापक युनका अनुसार अनुुसन्धानकर्ता उक्त मार्केटमा पुग्दा स्थानीय प्रशासनले उक्त इलाकालाई पहिले नै डिसइन्फेक्ट गरिसकेको पाइएको थियो । कोरोना भाइरसको उत्पत्तिको महत्वपूर्ण प्रमाण मेटिएको थियो ।
उनका अनुसार सबैभन्दा महत्वपूर्ण समय त जनवरीमा नै बितिसकेको थियो किनभने त्यतिबेलासम्म प्रशासनले भाइरस मानिसबाट मानिसमा सर्छ भनेर स्विकार गरेकै थिएन ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा