बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लामो समय कुर्सीमा बसेर काम गर्दा आउने समस्याका लागि सजिला उपायहरु

सोमबार, १२ साउन २०७७, १२ : ५०
सोमबार, १२ साउन २०७७

एजेन्सी – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण जारी लकडाउनले धेरै व्यक्तिहरु घरबाट नै कार्यालयका कामहरु गरिरहेका छन् । यस सिलसिलामा गलत तरिकाले बसेर काम गर्दा गर्धन, काँध र कम्मरको दुखाईबाट पीडित हुनेको संख्या पनि बढ्दै गएको छ । 

स्वास्थ्य विशेषज्ञका अनुसार दिनमा ८ देखि १० घण्टा कुर्सीमा बस्नु वा जुनसुकै तरिकाबाट बसेर काम गर्नु स्वास्थ्यका लागि बेफाइदा हुन सक्छ । जसले स्वास्थ्यसम्बन्धी थुप्रै समस्याहरु पैदा गर्ने गर्छ । 

कम्मर, ढाड, गर्धन र काँध दुख्ने समस्याले मानिसलाई हिँडडुल समेत गर्न नसक्ने अवस्थामा पुर्याउँछ । त्यति मात्र होइन तौल बढ्ने समस्या पनि हुनसक्छ । त्यसैले, काम गर्दागर्दै हरेक ३० मिनेटमा बसेको स्थानबाट उठ्ने र २ देखि ३ मिनेटसम्म हिँडडुल गर्ने गर्नुपर्छ ।
यसका साथै अन्य केही व्यायामहरु पनि तल उल्लेख गरिएको छ । 

– सीटमा बसिरहेको अवस्थामा कम्मर सीधा गर्ने र शिर दायाँ मोड्ने त्यसपछि दुई सेकेण्डपछि फेरि बाँया मोड्ने गर्नुपर्छ । यो विधि काम गरिरहेको समयमा बारम्बार गरिरहनुपर्छ । 

– आफ्नो शिर बायाँ तर्फ झुकाउनुस् र दायाँ तिरको घाँटीको भागलाई थिच्नुहोस् । ५ सकेण्ड गरेपछि पुनः दायाँतर्फ झुकाएर बाँयातर्फको घाँटीको भाग थिच्नुहोस् । 

–काँधको दुखाईबाट बच्नको लागि आफ्नो पाखुरालाई घुमाउनुस् र छातीमा राख्नुहोस् र कुहिनाको पछाडिको भागले शरीरको भागमा थिच्नुहोस् । यो प्रक्रिया ५ सेकेण्ड गर्ने गर्नुपर्छ र काम गरेको समयमा बारम्बार गरिरहनुपर्छ । 

–सीटको कुनै पनि भागमा नछोइकन कम्मर सीधा बनाएर बस्नुहोस् र काँधलाई विस्तारै विस्तारै अगाडि ल्याएर खुम्च्याउनुस् र फेरि पछाडिको भागमा लगेर खुम्च्याउनुस् । 

– आफ्नो दायाँ पाखुरालाई अगाडि पट्टिबाट छात्तीतिर घुमाउनुस् र तन्काउनुस् यसरी गर्दा काँधमा तन्किएको महसुस हुनुपर्छ । यसरी नै बायाँतिर पनि गर्ने गर्नुस् । 

– आफ्नो मुठ्ठीलाई ५ सेकेण्डसम्म कसेर बाध्नुहोस् र ५ सेकेण्डपछि छोड्नुहोस् । यो विधि ५ पटक दोहोर्याउनुस् । 

–दुवै पाखुरालाई सीधा छात्ती अगाडि राख्नुहोस् र एउटा हातको औँलाहरुले अर्को हातको औँलाहरु तान्नुहोस् । यस्तो गर्दा रक्तसञ्चार राम्रोसँग हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप