केन्द्रीय संस्करण

कर्मचारी सञ्चयकोषका ऋणीहरूले साँवा र ब्याज भुक्तान गर्न बैंक जानु नपर्ने, माछापुच्छ्रे र कर्मचारी सञ्चयकोष बीच पनि भयो सहमति

person explore access_timeसाउन १२, २०७७ chat_bubble_outline0

काठमाडौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चयकोष बीच कर्मचारी सञ्चयकोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपीएसमार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको छ । 

कर्मचारी सञ्चयकोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याज सहितको किस्ता रकम विद्युतिय माध्यमबाट भुक्तानी गर्न सक्ने गरि भएको सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चयकोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चयकोषका ऋणीहरूले कनेक्ट आइपीएस अनलाइन पोर्टलमा लगइन गरेपश्चात् गभर्मेन्ट पेमेन्ट अन्र्तगत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् । नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ । 
  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.