बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ९७ हजार ५०० रुपैयाँ पुग्यो

सोमबार, १२ साउन २०७७, ११ : ३३
सोमबार, १२ साउन २०७७

काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कारोबार हुँदै नयाँ कीर्तिमान भएको हो । 
आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार रु १२०० बढेर तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप