शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई पटक ओस्कर जितेकी अभिनेत्री ओलिविया डी हेविल्याण्डको १०४ वर्षमा निधन

सोमबार, १२ साउन २०७७, १० : ०५
सोमबार, १२ साउन २०७७

हलिउड अभिनेत्री तथा दुई पटक ओस्कर पुरस्कार बिजेता ओलिविया डी हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको छ ।

न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले हेविल्याण्डको आइतबार बेलुका पेरिसस्थित आफ्नो घरमा निधन भएको जानकारी दिइन् । उनी ओस्कर पुरस्कार बिजेता जोन फोंटेनकी बहिनी थिइन् ।

हेविल्याण्ड ‘गन विद विन्ड’ मा देखिएकी थिइन् । यो फिल्म सन् १९३९ मा रिलिज भएको थियो  । उनी यो फिल्मको अन्तिम जीवित कलाकार थिइन् ।

आफ्नो ६ दशकको करियरमा हेविल्याण्डले विभिन्न भूमिका निभाइन् । उनी स्टुडियो युगकी अन्तिम कलाकारमा समावेश थिइन् ।

हेविल्याण्डको जन्म सन् १९१६ जुलाईमा टोकियोस्थित ब्रिटिश पेटेन्ट अटोर्नीमा भएको थियो । उनी तीन वर्षकी हुँदा उनका आमा–बुवा अलग्गिएका थिए ।

उनकी आमाले उनी र उनकी बहिनी जोनलाई क्यालिफोर्निया ल्याइन् । हेविल्याण्डले दुई विवाह गरेकी थिइन् तर दुबै पटक उनको सम्बन्धविच्छेद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप