बाजुरामा हवाई सेवा पुनः सञ्चालन

बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् ।
गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ ।
कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान शुरु गरिएको बताए ।
आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले जानकारी दिए ।
बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक खुशी भएका छन् । कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा पुनःसञ्चालन भएको र फेरि पनि सुरक्षाका उपायमा हेलचक्राइँ गर्न नहुने स्वास्थ्यकर्मीको भनाइ छ । विशेष गरेर प्रसूति र अन्य बिरामीलाई सहज हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट
-
कोशी प्रदेशसँग हार्यो बलियो विभागीय टोली पुलिस क्लब
-
सगरमाथा संवादको तीन दिन : के-के छन् कार्यक्रम ?
-
पहलगाम हमलाबारेमा राहुलले प्रधानमन्त्री मोदीलाई लेखे पत्र, विशेष अधिवेशन बोलाउन माग
-
गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो