करन जोहरका साथी तथा धर्मा प्रोडक्सनका सिइओलाई प्रहरीले नोटिस पठायो, महेश भट्टसँग पनि हुनेछ सोधपुछ

सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा अब बलिउडका ठूला हस्तीलाई पनि बोलाइँदैछ । नयाँ नाम धर्मा प्रोडक्सनका सिइओ अपूर्व मेहताको हो जसलाई मुम्बई प्रहरीले २७ जुलाईमा सोधपुछका लागि उपस्थित हुन पत्र पठाएको छ । यद्यपि, आइतबार महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले उनलाई करन जोहरको म्यानेजर बताएका छन् । अनिलले हालसम्म ३७ जनासँग सोधपुछ भएको र आवश्यकता परे करन जोहरलाई पनि सोधपुछका लागि पठाइने जानकारी दिए । यस्तै महेश भट्टको पनि एक– दुई दिनभित्र सोधपुछ गरिने उनले जानकारी दिए ।
कंगनाको बयानपछि उठाइयो यस्तो कदमः
मुम्बई पुलिसले यो कदम कंगना रनोटको एक बयानपछि उठाएको छ जसमा उनले आदित्य चोपडा, करन जोहर र महेश भट्टमाथि आरोप लगाएकी थिइन् । उनले सुशान्त सिंह राजपूत बलिउडका केही मानिसहरुको गुटबन्दीको शिकार भएकाले डिप्रेशनमा आएको आरोप लगाएकी थिइन् । अनिलले कंगनाको यही कुरा दोहोराए । अनुसन्धानमा के सुशान्त साँच्चै नै गुटबन्दीको शिकार भएका थिए त भनेर अनुसन्धान हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’