शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पूनम पाण्डेले प्रेमी स्याम बम्बेसँग गरिन् इन्गेजमेन्ट, हेर्नुहोस् तस्बिर

सोमबार, १२ साउन २०७७, ०७ : ५५
सोमबार, १२ साउन २०७७

मोडल–नायिका पूनम पाण्डेले आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् । स्यामले इन्स्टाग्राम अकाउन्टमा इन्गेजमेन्टको औंठी लगाएको पूनम सिंहसँगको फोटो साझा गरेका छन् । यतिमात्रै होइन, पूनमले यसमा आफ्नो प्रतिक्रिया दिँदै इन्गेजमेन्टको खबर पुष्टि गरेकी छिन् ।

स्यामले फोटो पोस्ट गर्दै लेखे, ‘अन्त्यमा हामीले यो गरेरै छोड्यौं ।’ यसमा पूनमले पनि प्रतिक्रिया दिँदै लेखिन्, ‘उत्कृष्ट अनुभव ।’

यो बाहेक उनीहरुले अन्य केही जानकारी दिएका छैनन् । तर औंठी देखेर उनीहरुका प्रशंसकले उनीहरुलाई इन्गेजमेन्टको बधाई दिइरहेका छन् । प्रशंसकले खुसी हुँदै उनीहरुको खुसी जीवनको कामना गरेका छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

We finally did it!

A post shared by Sam Bombay (@sambombay) on

मे महिनामा स्याम र पूनममाथि लकडाउन नियम उल्लंघन गरेको भन्दै मुम्बई प्रहरीले उनीहरुलाई जरिवाना तिराएको थियो । यी दुई लकडाउनका बेला ड्राइभमा निस्किएका थिए ।

यद्यपि, पूनमले यो खबर अस्विकार गरेकी थिइन् । उनले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्र्दै आफूलाई पक्राउ गरिएको भन्ने समयमा आफू घरमा नै फिल्म हेरेर बसेको स्पष्टिकरण दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप