चन्द्रमा पहिले सोचेभन्दा ८ करोड ५० लाख वर्ष कान्छो
चन्द्रमा पहिले सोचेभन्दा ८ करोड ५० लाख वर्ष कान्छो भएको नयाँ अनुसन्धानले निष्कर्ष निकालेको छ ।
धेरैजसो वैज्ञानिकले चन्द्रमा कसरी विकसित भयो भन्ने कुरामा एकै मत राख्ने गर्छन् तर चन्द्रमा बनेको तरिका र समयमा भने वैज्ञानिकहरुको आ–आफ्नै धारणा छ ।
अन्तरिक्षयात्रीले विभिन्न अन्तरिक्ष अभियानका क्रममा धर्तीमा ल्याएका चन्द्रमाका ढुङ्गाको अध्ययन गर्दा धर्तीको प्राकृतिक उपग्रहको निश्चित उमेर पत्ता लाग्न सकेन ।
तर अहिले, वैज्ञानिकको एक समूहले चन्द्रमा पहिले सोचेभन्दा केही वर्ष पछि मात्रै निर्मित भएको निष्कर्ष निकालेका छन् ।
पृथ्वीको प्राकृतिक उपग्रह कान्छो पृथ्वी र मार्स आकारको प्रोटोप्लानेट (थिया) एक आपसमा ठोक्किँदा निर्मित भएको भग्नावशेषबाट बनेको हो ।
थियाले पृथ्वीलाई ठक्कर दियो जसका कारण यति ठूलो पदार्थ निष्कासन भयो कि यसले चन्द्रमालाई जन्म दियो ।
यो क्रममा चन्द्रमाको तापक्रम अत्यधिक वृद्धि भयो जसका कारण यसको सतहभन्दा हजार किलोमिटर मुनी ‘म्याग्मा ओसन’ बन्न पुग्यो ।
चन्द्रमाको ‘म्याग्मा’ ठोस् बन्न २० करोड वर्ष लाग्यो ।
पृथ्वी बन्ने प्रक्रियाको अन्तिम चरणमा चन्द्रमा निर्मित भएको वैज्ञानिकको एक समूहले हिसाबकिताब निकाले ।
चन्द्रमा जन्मिएको समयलाई निश्चित गर्नका लागि यही प्रक्रियालाई जोड्दै वैज्ञानिकले नयाँ गणितीय ढाँचा प्रयोग गरे ।
वैज्ञानिकले चन्द्रमाको म्याग्मा ओसन ठोस् हुन कति समय लाग्यो भन्ने कुरा निश्चित गर्न चाहन्थे । यो प्रश्नको जवाफले नै उनीहरुलाई चन्द्रमा वास्तवमा कहिले निर्मित भएको थियो भन्नेबारे ठोस् जानकारी प्रदान गर्दथ्यो ।
ती वैज्ञानिकले कम्प्युटरको नयाँ मोडल प्रयोग गरे जसले म्याग्मा जम्ने प्रक्रियाबारे जानकारी दिन्थ्यो ।
पुरोनो मोडल अनुसार म्याग्मा ठोस् हुनका लागि ३ करोड ५० लाख वर्ष लाग्यो तर नयाँ मोडलले चन्द्रमा पूर्ण रुपमा ठोस् बन्नका लागि २० करोड वर्ष लागेको तथ्य फेला पर्यो ।
वैज्ञानिकको समूहले नयाँ मोडलले अनुमान गरेको म्याग्माको संयोजनालाई चन्द्रमाको ढुङ्गाको मापन गरिएको पुरानो संयोजनसँग तुलना गरे ।
यसमार्फत्, वैज्ञानिकहरु ओसनको विकासको सुरुवाती बिन्दुमा पुग्न सके । अनुसन्धानमार्फत् वैज्ञानिकले चन्द्रमा ४ अर्ब वर्ष अघि निर्मित भएको निष्कर्ष निकाले ।
चन्द्रमाको निर्माण पहिले सोचेभन्दा १० करोड वर्ष अघि भएको निष्कर्ष निस्कियो तर २ करोड ५० लाख वर्षको अवधिमा अनिश्चितता देखिएको वैज्ञानिकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
छ महिनामा जीवनबीमा कम्पनीले उठाए ८१ अर्ब प्रिमियम
-
शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै सुरु भयो शहीद सप्ताह
-
कृषि विश्वविद्यालयमा डीन नियुक्त