वीरगञ्जमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका निरीक्षक जयमोद ठाकुरले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा १४ जना पुरूष र ४ जना महिला रहेका छन् । संक्रमित हुनेमा ९ वर्षका बालकदेखि ४५ वर्षका पुरूष समेत रहेका छन् भने स्वास्थ्यकर्मीदेखि कारखानामा कार्यरत कर्मचारीहरुलाई समेत संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबै पर्सा जिल्लाका रहेका छन् । संक्रमितहरु पर्साको श्रीपुर पञ्चगावा, पर्सागढी, वीरगन्ज–१६ मिथिलानगर, वीरगन्ज ६ रेशमकोठी, वीरगन्ज १४ बहुअरी, वीरगन्ज ६ माइस्थान, वीरगन्ज ११ , वीरगन्ज १० र वीरगन्ज २ छपकैयाका स्थानीय वासिन्दा रहेको निरीक्षक ठाकुरले जानकारी दिए ।
साउन ७ गते देखि ९ गते सम्म स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा.उदय नारायण सिंहले जानकारी दिए । नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्ड संक्रमितहरुले भरिएका कारण संक्रमितहरुलाई हाल घरमै राखिएको डा.उदय नारायण सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जयराज लिम्बुसहित सयौँ माओवादी केन्द्र प्रवेश
-
कन्डम किन्दा १४ करोड बाहिरियो, १ करोड ८६ लाख थान आयात
-
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडान सकियो
-
किन पर्यो नेपाल सम्पत्ति शुद्धीकरणको खैरो–सूचीमा ?
-
फागुन २० देखि लुम्बिनीमा त्रिपिटक वाचन गरिने
-
फिल्म ‘आउटलः दफा २१९’ले 'र्याप प्रतियोगिता' गर्ने