नेतान्याहुको मुद्दाको अर्को सुनुवाई डिसेम्बर ६ मा हुने

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकोे सम्लग्नता रहेको भनिएको एउटा ठूलो भ्रष्टाचारसम्बन्धी मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ६ मा हुनेगरी तोकिएको इजरायली प्रतिरक्षा सेनाको रेडियो गलेइ जाहलले आइतबार जनाएको छ ।
नेतान्याहुको भ्रष्ट्राचार मुद्दाको दोस्रो सुनुवाइपछि महामारीको कारण देखाउँदै नेतन्याहुका वकीलले अर्को सुनुवाई सन् २०२१ को सुरूतिर तोक्न आग्रह गरेका थिए । तर नेतन्याहुका वकीलहरूले हप्तामा तीनवटासम्म वयान लिनेगरी अहिलेका सुनुवाईहरूलाई पछि सार्न गरिएको आग्रहपछि इजरायली अदालतले सुनुवाईलाई डिसेम्बरमा सारेको हो ।
सरकार प्रमुखसमेत रहेका नेतन्याहुले अदालतमा हाजिर भई वयान दिनु पर्ने भएकाले महामारीका समयमा हुने सुनुवाईलाई केही ढिलाई गरिएको कानूनी अधिकारीहरूलाई उद्धृत गर्दै गलेइ जाहल रेडियोले जनाएको छ ।
तेस्रो चरणमा नेतान्याहूका वकीलहरूले उनकाविरुद्धमा अभियोग फिर्ता लिन जेरूसेलम जिल्ला अदालतलाई अनुरोध गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री नेतन्याहुलाई घूस, धोखाधडी र विश्वासघात गरेको आरोप लगाइएको छ । नेतान्याहूलाई भ्रष्टाचार र घूसखोरीका केही मामलाहरुमा केहि वर्षदेखि अनुसन्धान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रन्टको अलराउण्ड प्रदर्शन, दिल्लीलाई उछिन्यो मुम्बईले
-
अनुशासन समितिले निर्णय नगर्दा कांग्रेसको क्रियाशील सदस्यता नवीकरण प्रभावित
-
लन्डन दूतावासमा आयोजित सेना दिवसमा पहिलोपल्ट ब्रिटिस सेनापति
-
असममा ५.० रेक्टर स्केलको भूकम्प
-
रारा ताल किनारको डाँफे होटलमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
-
मगर भाषालाई कामकाजी भाषा रूपमा लिनुपर्छ : सभामुख घर्ती मगर