विद्यार्थीको कोरोना बीमा गर्न अनेरास्ववियुको माग

काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियुले विद्यार्थीको कोराना बीमा गर्न माग गरेको छ ।
अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य बीमा बापत तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीको कोराना बीमा गर्न माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीलाई आइतबार परीक्षा नियन्त्रण कार्यालय परिसर बल्खुमा ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले सो माग गरेको हो।
कोरोना महामारी, लकडाउन र बाढी पहिरोले विद्यार्थीहरुलाई आक्रान्त तुल्याएको अवस्थामा विश्वविद्यालयले निकालेको परिक्षा सम्बन्धी सूचना सम्बन्धमा आज अनेरास्ववियूका नेता पवन कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो।
जीवनभन्दा परीक्षा ठूलो नहुने भएकोले विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्न माग गरिएको कार्कीले वताए । त्रिविका परीक्षा नियन्त्रक जोशीले कोरोनाको परिस्थिति हेरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्ने वताए ।
लामो दुरीका यातायातका साधन भाद्र १ गतेबाट मात्र खुल्ने भएकोले तत्काल परीक्षा गर्दा टाढाबाट आउने विद्यार्थीलाई मार पर्ने अनेरास्ववियूले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा