बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ लाख २३ हजारभन्दा बढी

आइतबार, ११ साउन २०७७, १९ : ५१
आइतबार, ११ साउन २०७७

एजेन्सी । बङ्गलादेशमा कोभिड–१९ का कारण थप सङ्क्रमितको सङ्ख्या आइतबार दुई हजार २७५ पुगेको छ । यससँगै बङ्गलादेशमा सङ्क्रमण पुष्टि हुनेको कूल सङ्ख्या दुई लाख २३ हजार ४५३ पुगेको बताइएको छ । 

स्वास्थ्य मन्त्रालयका वरिष्ठ अधिकारी नसिमा सुल्तानाले आइतबार सञ्चारकर्मीहरूसँग भने, ‘बङ्गलादेशमा विगत २४ घण्टामा थप ५४ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको र दुई हजार २७५ नयाँ विरामीमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै बङ्गलादेशमा कोभिड–१९ को महामारीका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार ९२८ पुगेको छ भने दुई लाख २३ हजार ४५३ व्यक्ति सङ्क्रमित भएका छन् ।’

बङ्गलादेशले विगत २४ घण्टामा १० हजार ७८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको उल्लेख गरिएको छ । अहिलेसम्म निको भई घर फर्किने सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार ८८२ रहेको आइतबार मात्रै एक हजार ७९२ जना निको भएका उनले बताए । 

अधिकारीका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १।३१ प्रतिशत रहेको र अहिलेसम्म ५४.४४ प्रतिशत सङ्क्रमित निको भई घर फर्किसकेका बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप