रौतहटको श्रीराम सुगर मिल्स स्थायी रुपमा बन्द, संघको आपत्ति
रौतहट । रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड स्थायी रुपमा बन्द भएको छ । आईतवारदेखि जिल्लाको पहिलो तथा सबैभन्दा ठुलो उधोग बन्द भएको हो । मिल्सको लेटरप्याडमा स्थायी रुपमा बन्द गरिने अत्यन्त जरुरी ३ पृष्ठको सूचना मिल्सको सूचनापाटीमा टाँसिएको छ । मिल बन्द हुँदा किसानले पाउने करोडौं रुपैयाँ बक्यौता रकमको हिसाब थप गडबड हुने संकेत देखिएको छ । उता, उद्योगमा कार्यरत ३ सय २५ जना कर्मचारी पनि बेरोजगार भएका छन् ।
स्थापना भएको एक दशकसम्म नाफामा रहेको कम्पनी पछिलो समय राम्रो ब्यवस्थापनको अभावमा घाटामा सञ्चालन भैरहेकोे थियो । उद्योगलाई जेनतेन टिकाई राख्न कम्पनी सञ्चालकहरुले करोडौं रुपैया लगानी गरेपनि कम्पनीको बार्षिक घाटा दर झन् बढ्दै गएको थियो ।
एक आर्थिक वर्षमा करोडौं घाटा हुन थालेपछि उद्योगलाई स्थायी रुपमा बन्द गर्नुपर्ने बाध्यता भएको कम्पनीमा व्यवस्थापन पक्षले सूचनामा उल्लेख गरेको छ । २०७५/०७६ सम्ममा उक्त कम्पनीको घाटा २ अर्ब १७ करोड ७५ लाख ५८ हजार ३ सय ७६ पुगेपछि मिल्स सञ्चालन गर्न निकै अप्ठ्यारो स्थिति सृजना भएको सूचनामा उलेख छ ।
सूचनामा कम्पनीको आर्थिक अवस्था अत्यन्तै जर्जर भएको, पुँजीको अभाव भएपछि व्यवस्थापन पक्षबाट विगत ४ महिना देखि उद्योगमा कार्यरत श्रमिक कर्मचारीहरुको पारिश्रमिक भुक्तानी गर्ने अवस्था नरहेको उल्लेख छ । कम्पनी सञ्चालक समितिको गत ४ दिनदेखि बसेको बैठकले साउन १० गतेदेखि बन्द गर्ने सहमति गरेको थियो । यसलाई सहज रुपमा लिन व्यवस्थापन पक्षले सरोकारवाला सवैसँग आग्रह गरका छ ।
सूचनामा उखु किसानको वक्यौता रकम र कर्मचारीको पारिश्रमिक कम्पनीको चल–अचल सम्पत्ति बिक्री गरेपछि प्राथमिकताको आधारमा भुक्तानी गरिने जनाइएको छ । सो कार्यको लागि व्यवस्थापन पक्षको नेपाल सरकारसँग छलफल जारी रहेको र विक्री वितरण गर्नेसम्बन्धी काम कारवाही अघि बढाइएको मिल्स व्यवस्थापन पक्षको तर्फबाट हृतेष गोल्छा र विशाल अग्रवालद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यसैबीच उखु उत्पादक संघ रौतहटले बिना जानकारी उद्योग बन्दको सूचनाप्रति आपति जनाएको छ । संघका कोषाध्यक्ष मनोजकुमार शहनीले २०७१।०७२ मा किसानहरुले मिललाई दिएको उखुुमा सरकारले उपलब्ध गराएको प्रति कुइन्टल ८६ को दरले भुक्तानी हुनुपर्ने र गतवर्ष किसानले दिएको उँखुुको सम्पुुर्ण भुुक्तानी गरिसकेपछि मात्र सरकारको निर्देशनअनुसार मिल बन्द गर्नुुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन