व्यापार घाटा सुध्रियो, लकडाउनमा सवा २ खर्बको सामान भित्रियो
आइतबार, ११ साउन २०७७, १७ : ४५

काठमाडौं । गत आर्थिक वर्ष (२०७६/७७) मा व्यापार घाटामा सुधार आएको तथ्याँक भन्सार विभागले सार्वजनिक गरेको छ । एक वर्षमा व्यापार घाटा १६.७१ प्रतिशतले कमी आएको छ । यस अवधिमा मुलुकको व्यापार घाटा ११ खर्ब ६४ करोड २३ लाख रुपैयाँ छ । आयात १५.६३ प्रतिशतले घट्दा समग्र व्यापार घाटा साँघुरिएको हो ।
यद्यपि, कोरोना भाइरसको कारण भएको लकडाउनकै समयमा विदेशी मुलुकबाट मात्रै २ खर्ब १४ अर्ब २६ करोड ४२ लाख रुपैयाँ बरारबरको सामान आयात भएको छ । चैत १ गतेदेखिको तथ्याँकमा सो रकम बराबरको सामान आयात भएको हो । लकडाउन चैत ११ गतेदेखि भएको थियो ।
गत वर्ष ०.९८ प्रतिशतले निर्यातमा कमी आएको छ । ९६ अर्ब १५ करोडको निर्यात हुँदा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पाकिस्तानी कलाकारहरूमाथि प्रतिबन्ध लगाइएकोमा जावेद अख्तरले के भने ?
-
पाकिस्तानका रक्षामन्त्रीको एक्स खाता भारतमा ब्लक
-
भारतीय चलचित्रबाट निकालिइन् पाकिस्तानी अभिनेत्री हानिया
-
समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ : अर्थमन्त्री थापा
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ