केन्द्रीय संस्करण

व्यापार घाटा सुध्रियो, लकडाउनमा सवा २ खर्बको सामान भित्रियो

person explore access_timeसाउन ११, २०७७ chat_bubble_outline0

काठमाडौं । गत आर्थिक वर्ष  (२०७६/७७) मा व्यापार घाटामा सुधार आएको तथ्याँक भन्सार विभागले सार्वजनिक गरेको छ । एक वर्षमा व्यापार घाटा १६.७१ प्रतिशतले कमी आएको छ । यस अवधिमा मुलुकको व्यापार घाटा ११ खर्ब ६४ करोड २३ लाख रुपैयाँ छ । आयात १५.६३ प्रतिशतले घट्दा समग्र व्यापार घाटा साँघुरिएको हो । 

यद्यपि, कोरोना भाइरसको कारण भएको लकडाउनकै समयमा विदेशी मुलुकबाट मात्रै २ खर्ब १४ अर्ब २६ करोड ४२ लाख रुपैयाँ बरारबरको सामान आयात भएको छ । चैत १ गतेदेखिको  तथ्याँकमा सो रकम बराबरको सामान आयात भएको हो । लकडाउन चैत ११ गतेदेखि भएको थियो ।

गत वर्ष ०.९८ प्रतिशतले निर्यातमा कमी आएको छ । ९६ अर्ब १५ करोडको निर्यात हुँदा ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँको आयात भएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.