आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

जनकपुरधाममा दलित समुदायको अर्धनग्न प्रदर्शन

आइतबार, ११ साउन २०७७, १७ : ३८
आइतबार, ११ साउन २०७७

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दलित समुदायका व्यक्तिहरुको हत्या हिंसा भएको विरोधमा आईतबार उक्त समुदायले अर्धनग्न जुलुश प्रदर्शन गरेको छ । राज्यले दलितहरुसँग विभेदपूर्ण व्यवहार गर्दै ज्यान समेत लिने गरेको आरोप लगाउदै दलित संघर्ष समितिले शरीरको लुगा फुकालेर अर्धनग्न प्रदर्शन गर्दै नगर परिक्रमा गरेको हो ।

दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासको संयोजकत्वमा जनकपुरधामको जनक चोकदेखि सुरु भएको अर्धनग्न जुलूस प्रदर्शन मुख्यरुपमा शिव चोक, भानुचोक, कदम चोक हुंदै जिल्ला प्रशासन कार्यालय, विद्यापति चोक, पुरानो बसपार्क , रामचोक हुँदै पुनः जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै दलित अगुवा चन्देश्वर सदाले पछिल्लो समय धनुषामा प्रहरी संलग्नतामा मुसहर समुदायका शम्भु सदा र प्रादेशिक अस्पताल जनकपुरको आईसोलेसनमा चिकित्सकको लापरवाहीले राजु सदाको हत्या गरेर हत्यारालाई उन्मुक्ति दिन खोजेको आरोप लगाए । सदाले प्रदेश सरकार समेत दलितको विषयमा मौन रहेको जिकिर गर्दै मृत्यु प्रतिवेदन सार्वजनिक गर्न माग गरे । 

कोणसभामा दलित अगुवाहरु पूर्वसांसद रामपृत पासवान, पचुलाल माझी, रामेश्वर महरा र राजाराम मण्डल लगायतकाहरुको उपस्थिति रहेको थियो । यता, प्रदेश सरकारले विभिन्न कारण मृत्यु भएकालाई  ५/५ लाख रुपैयाँ राहत स्वरूप उपलब्ध गराइसकेको छ । तर प्रदेश सरकारले गठन गरेको छानविन टोलीको अझै प्रतिवेदन सार्वजनिक गर्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप