शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु साहले सार्वजनिक गरे वार्षिक प्रतिवेदन

आइतबार, ११ साउन २०७७, १७ : २१
आइतबार, ११ साउन २०७७

रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष र रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्रको वार्षिक  प्रतिवेदन  बुझाएका छन् । आज मौलापुरमा आयोजित एक समारोहका बीच संघीय सांसद साहले २०७६/०७७ को कार्य प्रगति विवरण औंपचारिक रूपमा सार्वजनिक गरेका हुन् ।  

कार्य प्रगति विवरण सार्वजनिक गर्ने अवसरमा सम्बन्धित वडाका प्रतिनिधिहरूले योजनाको बारेमा प्रष्ट्याएका थिए । वार्षिक प्रतिवेदनमा सांसद साहको नेतृत्वमा आफ्नो निर्वाचन क्षेत्रसहित जिल्लामा भएका विकास कार्यक्रम र योजनाहरुलाई समेटिएको छ । 

अहिले सार्वजनिक प्रतिवेदनसहित गत आर्थिक वर्षको प्रगति प्रतिवेदन आफ्नो निर्वाचन क्षेत्रका  घर घरमा पुर्याउने योजना रहेको साहका स्वकीय सचिव विजय यादवले बताए । साहले रौतटहट क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप