बुद्ध होलिडेजले ल्यायो पोखरा र चितवनका लागि आकर्षक होलिडे प्याकेज

काठमाडौं । बुद्ध होलिडेजले दुई रात तीन दिनको सस्तो र आकर्षक होलिडे प्याकेज ल्याएको छ । बुद्धले ल्याएको प्याकेजहरु दुई रात तीन दिनको पोखरा रु. ५,९९९ र चितवन रु. ७,९९९ तोकिएको छ ।
लामो लकडाउनका कारण सिथिल बनेको पर्यटन क्षेत्र करिब करिब शून्य स्थितिमा छ । अब फेरि यथास्थितिमा फर्किनका लागि समय लाग्ने र यसमा सवैको साथ र सहयोग चाहिने भएकाले बुद्धले आफ्नो तर्फबाट योजनाहरु अगाडी सार्न थालेको छ ।
अहिलेको स्थितिलाई चलायमान बनाउनका लागि बुद्ध होलिडेजले नाफारहित आकर्षक पोखरा र रमाइलो चितवन प्याकेज ल्याएको जनाएको छ । बुद्ध एयर, पोखरा तथा चितवनका होटलहरुको सहकार्यमा प्याकेज ल्याएको होलिडेजले जनाएको छ ।
अहिलेको परिस्थितिमा संक्रमणरहित यात्रा तथा पर्यटकीय प्याकेजका लागि बुद्ध होलिडेजले कोभिडविरुद्धका सुरक्षा निर्देशिका पनि तयार गरेको छ । यसलाई अक्षरसः पालना गर्दै यात्रु तथा पर्यटकलाई संक्रमणरहित घुमफिरका लागि बुद्ध होलिडेजले अनुरोध समेत गर्दै आइरहेको छ ।
कोभिडविरुद्धका सुरक्षा निर्देशिका हाम्रा सहयोगी कम्पनीहरुले जारी गरि पूर्वअभ्यास पनि गरिसकेको छ । निर्देशिकाले जहाजदेखि, पर्यटक गाडी तथा होटेल, रेष्टुरेन्ट तथा त्यहाँ रहेको कामदारलाई पनि समेटेको होलिडेजका सिइओ आस्था बस्नेत बताउँछिन् । आस्था बस्नेत थप्छिन् – ‘सुरक्षा निर्देशिकाको पालना गर्न गराउन हामी सम्वेदनशील छौं र यसको नियमित अन्तरालमा हामी स्वयंले अनुगमन गर्ने छौं ।’
दुई रात तीन दिने पोखरा प्योकजको मूल्य जम्माजम्मी रु.५,९९९ रहेको छ । यसमा दुईतर्फी हवाई टिकट, तारे होटेलको बसाई, बिहानको खाजा, पोखरा एयरपोर्टबाट होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ ।
यसैगरि, चितवनको पनि दुई रात तीन दिने प्योकजको मूल्य जम्माजम्मी रु. ७,९९९ रहेको छ । यसमा पनि दुईतर्फी हवाई टिकट, तीनतारे होटेलको बसाई, बिहानको खाजा, चितवन एयरपोर्टबाट सौरहा होटेल र फेरि फर्किदा एयरपोर्टको गाडी सुविधा समावेश गरिएको छ । यसको मुख्य उद्देश्य शुरुमा आन्तरिक पर्यटकलाई चलायमान तथा प्रवर्धन गरि हामी र हाम्रा सेवा सुरक्षित छन् देखाई विदेशी पर्यटकलाई समेत भित्र्याउनु रहेको कम्पनीका सिइओ बस्नेतले बताइन् । यो योजना सिमित अवधिभरका लागि लागु गरिएको छ ।
बुद्ध होलिडेज बुद्ध एयरको भगिनी संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह