बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जेलमा रहेका प्रोफेसर जीएन साई बाबालाई अरुन्धतीको खुलापत्र

'विध्वंशको दृश्यमा आशा छ, बुद्धिमत्ता फेरि उठेर खडा हुनेछ'
आइतबार, ११ साउन २०७७, १४ : २७
आइतबार, ११ साउन २०७७

चर्चित लेखिका अरुन्धती रायले नागपुर सेन्ट्रल जेलमा कैद प्रोफेसर जीएन साई बाबालाई चिठ्ठी लेखेकी छिन्, जहाँ उनले आफ्नो भेटका भावूक क्षणहरुको उल्लेख गरेकी छिन् । यसक्रममा देशको सत्ता र व्यवस्थाद्वारा बढ्दो क्रुरताको विस्तारमा विवरण दिइएको छ । यसमा जेलमा कैद उनका अन्य साथीहरुसँग अदालतले गरेको व्यवहारदेखि कोभिड–१९ र लकडाउनबाट उत्पन्न खराब परिस्थितीहरुको विषय पनि समावेश  छ ।)

१७ जुलाई, २०२०

प्रति, प्रोफेसर जीएन साई बाबा

अन्डा सेल, नागपुर सेन्ट्रल जेल, नागपुर महाराष्ट्र ।

प्रिय साई,

तपाईंलाई दुःखी तुल्याएँ, यसमा मलाई खेद छ । तर यहाँ म, अरुन्धती राय लेखिरहेको छु, अन्जुम होइन । जसलाई तपाईंले तीन वर्ष पहिले लेख्नु भएको थियो ।

निश्चय नै उसले आफ्नो उत्तर लेख्न चाहेकी थिई । तर म के भनुँ– उसको समयको गणना तपाईं र हाम्रो परिमाणभन्दा निकै अलग छ । व्हाट्सएप र ट्वीटरको तीव्र रफ्तारवाला दुनियाँलाई छाडिदिउँ । एउटा पत्रको जवाफ लेख्न तीन वर्ष लगाउने क्रममा उसले केही पनि सोचिंनन् । अहिले त उसले आफंैलाई जन्नत गेस्ट हाउसमा बन्द गरेकी छे र सारा समय गीत गाएरै बताउँछे ।

यी वर्षहरु गुज्रनेक्रममा भएको मुख्य कुरा भनेकै उसले फेरि एकपटक गीत गाउन सुरु गरेकी छे । उसको ढोका अगाडिबाट हिँड्दै गर्दा उसले गाइरहेको सुन्नु ‘ऊ जिउँदै छे’ भन्ने अर्थमा निकै राम्रो लाग्छ । ‘तुम बिन कौन खबरिया मोरी लाए’ धेरैजसो उसले यही गीत गाइरहन्छे । तर यसले मेरो मन दुखाउँछ । यसले तपाईको याद दिलाउँछ । जब ऊ गाउँदै गरेकी हुन्छे, तब उसले तपाईंकै बारेमा सोचिरहेकी छे जस्तो लाग्छ । त्यसैले, उसले तपाईलाई जवाफी पत्र नलेखे पनि उसले प्रायः तपाईंका लागि गाउँछे भनेर भन्न सक्नुहुन्छ । यदी तपाईंले सुन्ने क्षमता (ध्यान) बढाउनुभयो भने सायद तपाईंले उसलाई सुन्न सक्नुहुन्छ ।

जब मैले समयको समझदारीका विषयमा भनेँ, मैले सजिलैसँग भनिदिएँ कि ‘तपाईंको र मेरो’, यो लेख्नु गलत थियो । किनकी एक खतरनाक जेलमा आजीवन कारावासको जिन्दगी बिताउनुले तपाईलाई मेरो होइन, अन्जुमको निकट पु¥याउँछ । त्योभन्दा पनि निकै अलग प्रकारको अवस्था हुनसक्छ । म सधैं अंग्रेजी भाषाको ‘डुइङ्ग टाइम’– जेलमा खट्नु, शब्दावलीबारे सोचिरहेको छु । जुन तरिकाले यसको प्रयोग भएको छ, त्यसभन्दा धेरै अधिक गहिरो यसको निहितार्थ छ । जेसुकै होस्, यस विचारहीन रेखाङ्कनका लागि मलाई खेद छ ।

अन्जुम आफ्नै तरिकाले आजीवन कारावासमा छे । ऊ आफ्नो चिहानमा छे – उसको जीवनको ‘बुचर्स लक’ मा । तर, निश्चय नै ऊ जेलभित्र छैन या उसको साथ जेलर छैन । उसको जेलर त्यो जिन्न (जादुयी शक्ति) वा जाकिर मियाँका यादहरु हुन् ।

खाकी कथानक

तपाई कस्तो हुनुहुन्छ भनेर म सोध्दिनँ, किनकी यो कुरा बसन्थाबाट थाहा पाइसकेको छु । मैले विस्तारमा तपाईंको मेडिकल रिपोर्ट हेरेको छु । उनीहरुले तपाईलाई जमानतमा किन रिहा गरेनन् भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिर छ । साँचो भन्नुपर्दा मैले तपाईको बारेमा नसोचेको कुनै दि रहेन । के उनीहरुले अझै अखबारमा प्रतिबन्ध लगाएका छन् र किताबलाई रोक्छन् ? जेलका ती संगी जो तपाईको दिनचर्यामा सहयोग गर्छन्, तिनीहरु अहिले पनि तपाईसँगै छन् र उनीहरु सिफ्टमा आउँछन् ? के उनीहरुको व्यवहार मैत्रिपूर्ण छ ? अहिले तपाईको ह्वील चेयरले कस्तो काम गरिरहेको छ ? मलाई थाहा छ कि उनीहरुले तपाईलांई गिरफ्तार गरेका थिए– खासमा घर आउँदा तपाईलाई अपहरण गरेका थिए, मानौँ तपाई खुँखार अपराधी हुनुहुन्छ, त्यतिबेला त्यो (ह्वील चेयर) भाँचिएको थियो (उनीहरुले तपाईंलाई आफ्नो आत्मरक्षामा विकास दुबे नबनाएकोमा हामी उनीहरुप्रति आभारी छौँ । नत्र त उनीहरुले भन्ने थिए कि तपाईंले उनीहरुको बन्दूक खोस्नुभयो र एक हातले ह्वीलचेयर गुडाएर तीव्र गतिमा भाग्नुभयो । हामीले साहित्यको एक नयाँ शैली बनाउन पर्छ, त्यो हो खाकी कथानक । वार्षिक समारोहका लागि हामीसँग धेरैकुरा हुन्छ । पुरस्कार दिनु पनि राम्रो हुन्छ र यसमा हाम्रो तटस्थ– न्यायालयका तटस्थ न्यायाधीशको शानदार भूमिका पनि राम्रो रहन्छ ।)

मलाई त्यो दिन याद छ जब तपाईं मलाई भेट्न आउनु भएको थियो । ट्याक्सी ड्राइभर मेरो घरको पल्लोपट्टी थियो, तपाईंलाई ह्वीलचेयरमा लिएर मेरो घरसम्म सिढींहरु हुँदै ल्याएको थियो ।

मेरो घर ह्वीलचेयरको अनुकुल थिएन । अचेल सिढीका हरेकजसो खुड्किलोमा भुस्याहा कुकुर छन् । चड्डा साहिब (पिता), बन्जारन (जिप्सीकी आमा) र उनका छोरीहरु लिला र शिला बसिरहेका थिए । उनीहरु लकडाउनका क्रममा जन्मिएका हुन् । यस्तो लाग्छ कि उनीहरुले मलाई अपनाउने निर्णय लिएका हुन् । कोभिड तालाबन्दीपछि हाम्रा कार चालक साथीहरु गइसके । उनीहरुको काम नै भएन । गाडीहरु धुलोले भरिएका छन् । बिरुवाहरु उम्रिरहेका छन् र हाँगा फैलाउँदै पत्ता फिँजाइरहेका छन् । ठूला शहरबाट साना मानिस बेपत्ता भइसकेका छन् । सबै त होइनन् तर निकै धेरै, लाखौं मानिस ।

तपाईले मेरोलागि बनाएको अचारका डिब्बा मैले राखिरहेकै छु । तपाईं बाहिर आउने दिन र ती डिब्बा खोल्ने समय प्रतीक्षामा छु । अनि हामी सँगै बसेर खाना खानेछौं । त्यतिबेलासम्म अचार पनि राम्रोसँग गलिसकेको हुनेछ ।

म तपाईंका वसन्था र मन्जिरासँग कहिलेकाहीँमात्र भेट्छु । किनकी हाम्रा साझा दुःखको भारले ती भेटघाटलाई अझ कठिन बनाउँछ । केवल उदासी भरिएकोमात्रै होइन, यसमा रिस, लाचारी र मेरो हिस्साको लज्जा पनि जोडिएको छ ।

लाज यस अर्थमा कि अधिकांश मानिसको ध्यान तपाईंको अवस्थासँग जोड्न सकिनँ । यो कुन हदसम्मको क्रुरता हो कि एक व्यक्ति ९० प्रतिशत आंगिक–अक्षमताको स्थितिमा छ र ऊ जेलमा छ । उसलाई वाहियात किसिमको अपराधको सजायस्वरुप यस्तो स्थितिमा पु¥याइदिएको छ । लाज यस कुरामा कि हामीले तीव्र गतिमा न्याय व्यवस्थाको उल्झनपूर्ण गल्लीबाट गएर तपाईको अपिललाई केही गर्न सकेनौँ । न्याय व्यवस्थाको यही गल्लीले सजायको प्रक्रिया भने पूरा ग¥यो । म विश्वस्त छु कि सर्वोच्च न्यायलयले अन्ततः तपाईंलाई निर्दोष करार गर्नेछ । तर त्यतिबेलासम्म तपाई र तपाईका आफन्तले कयौं पीडा भोगिसक्नु भएको हुनेछ ।

भारतमा कोभिड–१९ एकपछि अर्को जेलमा फैलिरहेको छ । यसमा तपाईंको जेल पनि समावेश छ । उनीहरुले तपाईंको हालत बुझेका छन् । एक आजीवन कारावास कति सजिलैसँग मृत्युको सजायमा बदलिनसक्छ ।

धेरै साथीहरु, जो तपाईको र हाम्रा पनि साथी हुन् – विद्यार्थी, वकिल, पत्रकार, कार्यकर्ता, जोसँग हामीले रोटी खायौँ, नाच्यौँ र तिखो स्वरमा बहस ग¥यौँ, उनीहरु पनि अब जेलमा छन् । मलाई थाहा छैन कि तपाईंलाई वीवी (म वरवर रावबारे कुरा गर्दैछु, जेल सेन्सरले यसलाई कुनै कुराको कोड नसम्झुन् ।) का विषयमा जानकारी छ या छैन । ८१ वर्षका यी महान् बुढा कविलाई जेलमा राखिएको छ, मानौँ जेलमा एक आधुनिक स्मारक छ । उनको स्वास्थ्यको खबर सोचनीय छ । लामो समयदेखि चलिरहेको खराब स्वास्थ (जो निकै उपेक्षाका कारण भएको हो) पछि अब कोभिडबाट संक्रमित छन् । उनलाई अस्पतालमा भर्ति गरिएको छ ।

उनीसँग भेट गरेर आएको उनको परिवारका सदस्यका अनुसार उनी ओछ्यानमा एक्लै पल्टिएका थिए, रेखदेख गर्ने कोही थिएनन् । ओढ्ने गन्हाउने भइसकेको थियो । उनी असंगत तरिकाले बोलिरहेका थिए र हिँड्न सक्षम थिएनन् । जो व्यक्ति हजारौँ लाखौँलाई सम्बोधन गर्न एक क्षण पनि लगाउदैंनथे, जसका कविताहरुले आन्ध्र, तेलंगाना र पुरै भारतका लाखौं करोडौं मानिसहरुको कल्पनालाई उचाईंसम्म पुु¥याएको थियो, त्यस्ता व्यक्ति असंगत हुनु आफैँमा अनौठो हो । मलाई वीवीको जिन्दगीलाई लिएर चिन्ता भइरहेको छ । ठिक त्यसैगरी, जसरी तपाईंको जिन्दगीलाई लिएर चिन्ता छ ।

भीमा कोरेगाउँ काण्डका अर्का आरोपी अर्थात् ‘भीमा कोरेगाउँ ११’ पनि खासै ठीक छैनन् । उनलाई पनि कोभिड–१९ भएको आशंका छ ।

वर्नन गोन्जाल्वेस, जसले जेलमा वीवीको हेरचाह गरिरहेका छन्, उनी पनि संक्रमित भएको गम्भीर आशंका छ । गौतम नवलखा र आनन्द तेलन्तुबडे पनि त्यही जेलमा छन् । तर, हरेक पटक र पटक–पटक जमानतको याचिकालाई न्यायपालिकाले खारेज गरिरहेको छ । र, अब अखिल गोगोई, जो गुवाहटीको जेलमा बन्द छन्, उनी कोभिडबाट संक्रमित भएका छन् ।

हामी कस्तो खाले क्रुर र कमजोर मानसिकता (या सिधैं अगाडि बढेर भनौं भयानक मुर्ख) मानिसबाट शासित छौँ । हाम्रो जस्तो एक विशाल देशको सरकार कति दयनीय भइसकेको छ, जो आफ्नै लेखक र विद्वानसँग डराएको छ । 

संगीत, कविता र प्रेम

यो केही महिना पहिलेको कुरा हो जब अवस्थामा सुधार हुँदैछ भन्ने लाग्थ्यो । लाखौँ मानिस सीएए र एनआरसीविरुद्ध सडकमा उत्रिए, विशेषगरी विद्यार्थी, यो रोमान्चक थियो । यसमा कविता थियो, संगीत थियो र प्रेम थियो । कम्तिमा यो विद्रोह त थियो नै, यदि यो क्रान्ति थिएन भनेपनि यो तपाईंको रोजाईमा पथ्र्यों ।

तर, अन्त्य खराब भयो । उत्तर पूर्वी दिल्लीमा फेब्रुअरीको महिनामा ५३ मानिस मारिए र यसको सारा आरोप पुरै शान्तिपूर्ण रुपमा सीएएको विरोध गरिरहेका आन्दोलनकारीमाथि लगाइयो । हतियारबन्द निगरानी गिरोह, जसले आसपासका मजदुर इलाकामा दंगा, आगजनी र हत्या गरिरहेका थिए, उनीहरुलाई प्रहरीकै सहयोग मिल्यो । यो योजनाबद्ध हमला थियो भन्ने कुरा सार्वजनिक भएको भिडियोबाट पनि स्पष्ट हुन्छ ।

केही दिनदेखि यस्तो तनाव जारी थियो । स्थानीय मानिस पनि बिना तयारीका थिएनन् । उनीहरु पनि लडे । तर, निश्चयजस्तै गरी पीडित मानिसलाई उत्पीडक बनाइयो । कोभिड–१९ लकडाउनको आवरणमा सयौँ युवाहरु, धेरैजसो मुसलमान हुन् र त्यसमा पनि अधिकांश विद्यार्थी हुन्, उनीहरुलाई दिल्ली र उत्तर प्रदेशबाट गिरफ्तार गरिएको छ । पक्राउ परेका केही युवालाई दबाब दिएर अन्य वरिष्ठ कार्यकर्तालाई मुछ्ने र नियन्त्रण लिने काम भइरहेको छ । यी व्यक्तिहरुविरुद्ध प्रहरीसँग कुनै वास्तविक प्रमाण छैन ।

कथाका लेखक एउटा नयाँ कथालाई पूर्णता दिन व्यस्त छ । कथासुत्र यो हो कि राष्ट्रपति ट्रम्प दिल्लीमा भएकै समयमा दिल्लीमा नरसंहार गरेर सरकारलाई लाजमर्दों बनाउने एउटा ठूलो षडयन्त्र थियो । यस्तो योजनासम्बन्धी मामिलासँगै जब प्रहरीले जुन मिति उल्लेख गरेको थियो, त्यो त ट्रम्पको यात्राभन्दा पहिलाकै पो पाइयो । सीसीए विरोधी कार्यकर्तालाई कसरी ह्वाइटहाउससम्म जोडियो, यो कस्तो प्रकारको षडयन्त्र थियो ? प्रदर्शनकारीहरुले सरकार बद्नाम नहोस् भनेर आत्महत्या नै गरेका हुन् त ?

मैले यो लेखिरहँदा अररिया, बिहारबाट एक महिलाको खबर आएको छ, जसले प्रहरीमा सामुहिक बलात्कार भएको उजुरी दर्ता गराएकी थिइन् । ती महिला र उनीसँगै गएकी महिला कार्यकर्तालाई नै गिरफ्तार गरिएको छ । केही यस्ता बेचैन गर्ने घटना हुन्छन् जहाँ रगत बगिरहनै पर्दैन, उन्मादी हत्या होस्, भीडद्वारा हत्या होस् या ठूलो संख्यामा मानिसलाई जेलमा राखियोस् ।

जब तपाई जेलबाट बाहिर आउनुहुनेछ तब तपाईले देख्नुहुनेछ कि यो दुनियाँ कुन हदसम्म बदलिसकेको छ । कोभिड–१९, हतारो र रुग्ण सोचको लकडाउनले विध्वंश ल्याएको छ । यसको शिकार केवल गरिबमात्रै होइन, मध्यमवर्ग पनि भएका छन् । के तपाईं यो कल्पना गर्नसक्नुहुन्छ कि महिनौंँसम्म चल्ने देशव्यापी कर्फ्युजस्तो लकडाउन लगाउनुअघि १ अर्ब ३८ लाख जनतालाई केवल चार घण्टा (रात ८ बजेदेखि मध्यराति) सम्मको मात्र समय दिइयो ?

बाटोमा हिँडिंरहेका जनता, सामान, मेसिन, बजार, फ्याक्ट्री, स्कुल, विश्वविद्यालय सबै रोकिए । चिम्नीबाट उठेको धुँवा, सडकमा हिँडिंरहेका ट्रक, बिहेमा आएका पाहुना, अस्पतालमा उपचार गराइरहेका बिरामी, त्यहीँको त्यहीँ रोकिए ।

कुनै सूचनासम्म पनि जारी भएन । यो विशाल देश त्यसरी नै एकाएक बन्द भयो, जुन तरिकाले घडीमा चल्नेवाला खेलौंनाको सुईलाई धनाढ्य बदमास बच्चाले तानेर निकाल्छ, किन ? किनकी उसले यस्तो गर्न सक्छ ।

कोभिड–१९ एउटा यस्तो एक्स रेमा परिवर्तन भइसकेको छ, जसमा संस्थागत अन्याय, जाति, वर्ग, धर्म र लैङ्गिक – जसबाट हाम्रो समाज ग्रस्त छ, प्रस्ट देखिदैंछ । विध्वंशकारी तालाबन्दी योजनालाई धन्यवाद् । अर्थव्यवस्था डामाडोल छ । जबकी भाइरस आफ्नो बाटोमा छ र अझै अगाडि बढिरहेको छ । मानौं, गतिहीन सतहभन्दा माथि भइरहेको विस्फोटमा हामी बाँचिरहेका छौं ।

हामीलाई थाहा भएका यस दुनियाँका टुटे–फुटेका टुक्रा सबै हावामा झुण्डिरहेका छन् । हामीले अझै पनि जानेका छैनौँ कि यो टुटे–फुटेको दुनियाँ कहाँ आएर खस्नेछ र कुन हदसम्म नोक्सानी हुनेछ ।

लाखौँ मजदूर शहरमा रोकिए । उनीहरुका लागि न आवास, न भोजन, न पैसा र न कुनै यातायतको व्यवस्था थियो । उनीहरु आफ्नो गाउँका लागि सयौँ र हजारौँ किलोमिटर पैदल नै हिँडे । यसरी हिँडिरहँदा पनि पुलिसको हातबाट कुटाइ खाएर अपमानित भइरहेका थिए । 

संकटको समयमा कर्मथलो त्यागिरहेको समयमा जोन स्टेनबेकको ‘द ग्रेप्स अफ रेथ’ को याद दिलाउथ्यो । यसलाई मैले भर्खरै पढेको थिएँ, क्या दामी पुस्तक छ । यस उपन्यासमा जे घटित हुन्छ (अमेरिकामा मन्दीको दौरान भएको विशाल प्रवासको वर्णन) र यहाँको बीच जे अन्तर छ, त्यसले यही देखाउँछ कि भारतका जनतामा आक्रोशको एकदम अभाव थियो । हो, कहिलेकाहीँ आक्रोश विस्फोटमा बदलियो तर, यस्तो थिएन जसलाई सुव्यवस्थित गर्न नसकियोस् ।

मानिसले विध्वंसलाई स्वीकारे । जनता कुन हदसम्म आज्ञाकारी छन्, यो शासक वर्गका लागि सहजता नै हो । यसबाट थाहा हुन्छ कि जनतामा भोग्ने र सहने क्षमता कति धेरै छ । तर आर्शिवाद र श्राप झेल्ने जुन क्षमता छ, यो के हो ? कस्तो गुण हो ? मैले यसबारे धेरै सोचेँ ।

जब लाखौँ मजदूर वर्ग आफ्नो महान् यात्रामा निस्किएका थिए, टिभी च्यानल र मुलधारका मिडियाले अचानक नै ‘प्रवासी मजदूर’ को अवधारणा खोजेर निकाले ।

धेरै कर्पोरेट–प्रायोजित गोहीका आँशुलाई यी प्रवासी मजदुरको शोषणका लागि बगाइयो । रिपोर्टरहरुले आफ्नो माइक्रोफोनलाई हिँडिंरहेका जनताको मुखमा ठेलिदिए, ‘तपाईं कहाँ जाँदै हुुनुहुन्छ ? तपाईंसँग कति पैसा बचेको छ ? तपाईं कति दिनसम्म हिँडिंरहनु हुनेछ ?’

तर तपाईं र तपाईंजस्ता अन्य व्यक्ति जो जेलमा बन्द हुनुहुन्छ, यही मेसिनविरुद्ध आन्दोलन गर्दै हुनुहुन्छ, जसले यस उजाड र गरिबीलाई पैदा गर्छ । त्यो मेसिन जसले पर्यावरणलाई बर्बाद गर्छ र मानिसहरुलाई बलपूर्वक गाउँबाट लखेट्छ ।

तपाईंजस्ता व्यक्ति न्यायको कुरा गर्नुहुन्छ । र, यी टिभी च्यानल र केही मामिलामा तिनै पत्रकार अर्कै कुरा राख्ने  यस मेसिनको गुणगान गर्छन् । उनीहरु नै तपाईंमाथि दोष थोपर्छन्, दाग लगाउँछन् र बदनाम गर्छन् । र, अहिले हेर्नुस् उनीहरुले आफ्नो गोहीको आँशु बगाइरहेका छन् । उनीहरु भारतको अनुमानित सकल घरेलु उत्पादनको ऋणात्मक ९ दशमलव ५ प्रतिशत विकासबाट डराएका छन् – जबकि तपाईं जेलमा हुनुहुन्छ ।

चीनको सेनाले सीमा पार गरिसकेको छ । लद्दाखमा धेरै बिन्दुमा उसले वास्तविक नियन्त्रण रेखा पार गरिसकेको छ... वार्ता जारी छ । जे होस्, भारतले जित्दैछ, भारतीय टेलिभिजनमा ।

बग्दै गरेका यी आशुहरुबीच सरकार नझुकेको प्रशंसा गर्न मिडिया जुटेको छ । कतिपटक त उत्साहपूर्ण स्वागतको बाढी आउनसक्छ । यस तालाबन्दीका क्रममा मैले वैसिली ग्रासम्यानको उपन्यास स्टालिनग्राढ पढें (ग्रासम्यान लाल सेनाको अग्रस्थानमा थिए । उनको दोस्रो उपन्यास जीवन र भाग्य थियो, जसले सोभियत सरकारलाई आक्रोशित बनायो र पान्डुलिपी गिरफ्तार गरियो – मानौंँ त्यो कोही सजिव मानिस थियो ।)

यो जीवन्त महत्वाकांक्षी किताब हो । यस्तो जीवन्त, सृजनात्मक लेखन कक्षामा पढाइन्न । जेसुकै होस्, त्यो अद्भूत तरिकाले गरिएको वर्णनका कारण यस किताबबाट मेरो मनमा विचार आयो । जहाँ एक वरिष्ठ नाजी जर्मन अफिसरले रुसमा अग्रमोर्चामा लडाइँबाट भागेर बर्लिन पुगेपछि वर्णन गरेका छन् ।

युद्ध सुरुदेखि नै जर्मनीका लागि गलत दिशामा मोडिएको थियो र ती अफिसर हिटलरलाई यही कुराको वास्तविकता बताउन चाहन्छन् । तर जब ती हिटलरको सामुन्ने पुग्छन्, तब उनी आफ्ना मालिकसँग यतिसम्म डराउँछन् र यति रोमाञ्चित हुन्छन् कि उनको दिमाग नै बन्द हुन्छ । यो फ्युहररको आपसपास रहेकाहरु हुन् जो उनलाई खुसी बनाउने तरिकामा लागेका छन् र के उसले सुन्न चाहेको छ, त्यही नै भन्ने गर्दछन् ।

यही कुरा हाम्रो देशमा भइरहेको छ । एकदम सक्षम मानिसको दिमाग डर र चाप्लुसी गर्ने इच्छाले शुन्य भएको छ । वास्तविक खबरलाई एक मौकासम्म पनि मिल्दैन । अहिले महामारी तीव्ररुपमा अगाडि बढिरहेको छ । यस महामारीबाट दुनियाँमा सबैभन्दा धेरै प्रभावित देशको दौडमा जीत हासिल गर्ने देशहरु एक्काइसौं शताब्दीका तीन ‘जिनियस’ मानिसको नेतृत्वमा हुनु यो कुनै संयोग होइन । मोदी, ट्रम्प र बोल्सेनारो । उनीहरुको सिद्धान्त, दिल्लीका अबका मुख्यमन्त्री (भाजपाको वरपर यसरी मडारिएको छ, जसरी निसेचन गर्ने माहुरी घुम्छ) को अमिट शब्दहरुमा छ – हामी साथी हौंँ नि ?

धेरै आशा छ कि नोभेम्बरमा हुनेवाला चुनावमा ट्रम्प हार्नेछन् । तर, भारतमा यस्तो कुनै संकेत देखिएको छैन । विपक्ष मुर्मुरिएर ढलिरहेका छन् । नेता शान्त छन्, झुकेका छन् ।

चुनिएका सरकारहरुलाई यस तरिकाले उडाइँदैं छ कि  जसरी कपमा कफीको फिंजलाई हटाइन्छ । गद्दारी र दल परिवर्तनलाई दैनिक समाचारमा राम्रो विषय जसरी पेश गरिदैंछ । विधायकलाई खेद्ने क्रम जारी छ र छुट्टी बिताउने रिसोर्टमा लगेर उनीहरुलाई बन्द गरिन्छ, ताकि उनीहरुलाई घुस र खरिददारीबाट बचाउन सकियोस् ।

मेरो मान्यता छ कि जो बिक्नका लागि तयार छ, उसको बोली सार्वजनिक रुपमा लगाउनुपर्छ ताकि उसको महँगो खरिददारी हुन सकोस् । तपाईको विचार के छ ? यसबाट कसैलाई केही फाइदा हुन्छ के ? छोडिदिनुस् यसलाई ।

आउनुस्, वास्तविक कुरा गरौँ । हामी जनता वास्तवमा एक पार्टी लोकतन्त्रको दुई व्यक्तिबाट शासित छौँ । मलाई थाहा छैन कि कति मानिसले यसलाई बुझ्छन् कि यो एक विरुद्धाविरुद्ध एकता हो ।

लकडाउनका दौरान धेरै मध्यमवर्गका मानिसहरुले जेलजस्तो महसुस भइरहेको गुनासो गरे । तर तपाईहरु बुझ्नुहुन्छ कि यो कुरा वास्तविकताबाट कति टाढा छ । यी मानिसहरु आफ्नो घरमा परिवारको साथमा छन् (यद्यपि धेरै मानिस, खासगरी महिलाहरुले सबै तरिकाका हिंसाको परिणाम झेले ।)

यी मानिसहरु आफुले चाहेका मानिससँगै बस्न सक्थे । उनीहरुले आफ्नो काम पनि जारी राख्न सक्थे । उनीहरुसँग फोन, इन्टरनेट थियो । उनीहरु तपाईजस्तो अवस्थामा थिएनन् । न त उनीहरु कास्मिरका जनताको जस्तो अवस्था थिए, जो एक खास तरिकाको आसन्न लकडाउन र इन्टरनेट पहुँचबाहिर पछिल्लो ५ अगस्तदेखि नै छन् ( जब धारा ३७० लाई समाप्त गरियो र जम्मू र कास्मिरबाट उसको विशेष दर्जा र राज्य हुनुको अधिकार नै खतम गरियो, त्यतिबेलादेखि ।)

यदि दुई महिनाको लकडाउनले भारतको अर्थव्यवस्थामा यति ठूलो असर गर्छ भने तपाईंले कास्मिरको बारेमा सोच्न सक्नुहुन्छ, जहाँ एक ठूलो हिस्सामा इन्टरनेट बन्द सँग–सँगै सैन्य लकडाउन पनि वर्ष दिनदेखि चलिरहेको छ ।

व्यापार खतम भइरहेको छ, डाक्टरहरुमाथि आफ्ना बिरामीलाई हेर्नुपर्ने गहिरो दबाब छ, विद्यार्थीहरु अनलाईन कक्षाहरुमा उपस्थित हुन सक्षम छैनन् ।

यससँगै अर्को कुरा, ५ अगस्टभन्दा पहिल्यै हजारौं कास्मिरी जनतालाई जेलमा हालिएको थियो । यो पूर्वतयारी थियो, सुरक्षा कारणले गरिएको गिरफ्तारी थियो । अब यो जेल यस्ता मानिसहरुले भरिएको छ, जसले कुनै अपराध नै गरेका छैनन्, यो सब कस्तो हो ?

धारा ३७० हटाउनु घमण्डको नतिजा हो । यस घटनाबारे ‘एकपटक र अन्तिम पटक’ जस्ता डिंग हाँकिएको छ, समस्या हल गर्नुको साटो एउटा यस्तो अवस्था बनाइएको छ जसकारण पुरै क्षेत्रमा भूकम्प पैदा भएको छ । ठूला चट्टानहरु हल्लिरहेका छन् र आफैंलाई पुनव्र्यवस्थित गरिरहेका छ ।

जो मानिस यी कुरालाई बुझ्छन्, उनीहरुका अनुसार चीनको सेनाले सीमा नाघिसकेको छ, वास्तविक नियन्त्रण रेखा पनि र लद्दाखका धेरै बिन्दूहरु पनि पार गरिसकेको छ र रणनीतिक पोजिसनमा कब्जा जमाएको छ ।

चीनविरुद्धको युद्ध पाकिस्तानविरुद्धको युद्धभन्दा एकदम अलग छ । त्यसैले, सामान्यरुपमा छाती–ठोकेर चल्ने कुराको महत्त्व कमै छ – यसरी छाती ठोक्नुको कारण मायाले थमथमाउनुजस्तै हो भन्ने कुरा भइरहेको छ ।

जे होस्, भारतले भारतका टिभी च्यानलमा जितिरहेको छ । तर, टिभीबाहिर एक नयाँ दुनियाँ बन्दै गरेको देखिन्छ । मैले जति आशा गरेको थिएँ, यो पत्र त्यसभन्दा धेरै अधिक लामो भयो । अब म बिदा लिन्छु । मेरो मित्र, साहस राख्नुस् र धैर्य पनि, यो अन्याय सधैंका लागि रहनेवाला छैन । जेलको ढोका खुल्नेछ र तपाईं हामीबीच बाहिर आउनुहुनेछ । जस्तो चलिरहेको छ, त्यस्तो चल्न सक्दैन । यदि उनीहरुले यस्तै गर्छन् भने नष्ट हुने गति आफै निर्धारण गर्नेछन् । हामीले केही गर्न जरुरी नै हुनेछैन । त्यस्तो अवस्था महान् त्रासदीपूर्ण हुनेछ र जसको परिणाम अकल्पनीय हुनेछ । तर, यस विध्वंशको दृश्यमा आशा छ, केही राम्रो हुन्छ र बुद्धिमत्ता फेरि स्थापित हुनेछ ।

सप्रेम

अरुन्धती

जनचोकबाट अनुवाद गरिएको

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरुन्धती रोय
अरुन्धती रोय
लेखकबाट थप