गोविन्दराज जोशीसहितका नेताहरुलाई पार्टीबाट निकालिएकोमा शेखर कोइरालाको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पूर्व सहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निश्काशन गरिनु दूर्भाग्य भनेर प्रतिक्रिया दिएका छन् । काँग्रेसको केन्द्रीय अनुशासन समितिको शनिबारको बैठकले सहमहामन्त्री जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो ।
उनीहरुले गत चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ । तीन नेतालाई निश्काशन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि उनीहरु पार्टीबाट निस्कासन गरिएको बताए । आइतबार बिहान कोइरालाले फेसबुकमा लेखेका छन्, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्काशन गर्छौं । यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहिन र मनगढन्ते तर्क अगाडि सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर विष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो ।’ उनीहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको कोइरालाको भनाइ छ ।
अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५–५ वर्ष र विष्टलाई ३ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद, प्रमाण, अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको थियो । पार्टीका आधिकारिक उम्मेदवार रामचन्द्र पौडेल र आरजु राणालाई असहयोग गरेको आरोपमा आमनिर्वाचन भएको करिब तीन वर्षपछि जोशी र ओझालाई पार्टीबाट निकालिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?
-
हरेक दिन २० पुस-अप गर्नुहोस्, पाउनुहुनेछ ५ परिवर्तन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
कंगोको राजधानीमा मुसलधारे वर्षाका कारण ३० जनाको मृत्यु
-
छ वर्षपछि उत्तर कोरियामा प्योङयाङ म्याराथन, विदेशीहरूको पनि सहभागिता
-
गर्मीमा हरेक दिन एक टुक्रा काँचो प्याज खानुका ७ फाइदा