बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाउलान् त कलाकारले रातो पासपोर्ट

आइतबार, ११ साउन २०७७, १२ : ५४
आइतबार, ११ साउन २०७७

काठमाडौं । कलाकारले राज्यबाट वरिष्ठताको आधारमा सम्मान स्वरुप प्रदान गरिँदै आएको  परिचय पत्रबाट आफूहरुले केही सुविधा नपाएको गुनासो गरिरहेका बेला अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कलाकारलाई पनि रातो रंगको पासपोर्ट प्रदान गर्ने आश्वसन दिएका छन् । 

चलचित्र विकास बोर्डको निरीक्षणमा पुगेका मन्त्री खतिवडाले केही मुर्धन्य कलाकारहरुलाई रातो पासपोर्ट प्रदान गर्न सकिने बताएका हुन् । यसका लागि उनले अध्ययन गर्न समेत  चलचित्र विकास बोर्डलाई निर्देशन दिएका छन् ।
उक्त अवसरमा अरु क्षेत्रका व्यक्ति झैँ फिल्म क्षेत्रका व्यक्तिहरुले पनि विदेश जाँदा सोही अनुरुपको पहुँच पाउनु पर्ने भनाइ मन्त्री खतिवडाले राखेका थिए ।

मन्त्री खतिवडाले सीमित स्रोत साधनका कारण सबै कलाकारलाई रातो पासपोर्टको सुविधा उपलब्ध गराउन असम्भव रहेको समेत जानकारी दिए ।

मन्त्री खतिवडाले कोरोना भाइरसबाट प्रभावितका रूपमा अन्य उद्योग व्यवसायले पाएजस्तै सहुलियत फिल्म क्षेत्रले पनि पाउने समेत अवसरमा बताएका थिए ।
मन्त्री खतिवडाको रातो पासपोर्ट दिने भनाइ प्रति धेरै कलाकर्मीले सकारात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन्, भने यस अगाडि पनि फिल्म क्षेत्रका लागि यस्ता उठ्दै आएकोले पूरा हुनेमा शंका व्यक्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप