प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना पुष्टि
आइतबार, ११ साउन २०७७, १२ : ४२
काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण देखिएको बताए ।
प्रवक्ता शाहीले भने, ‘प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना पोजेटिभ देखिए पनि थप पुष्टिको लागि टेकु अस्पताल पठाइएको छ ।’
चार जनामा पुष्टि भएपछि थप प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने तयारी भइरहेको प्रवक्ता शाहीले भने । हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण