शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियामा कोभिड–१९ को पहिलो शंकास्पद संक्रमित फेला, सीमावर्ती क्षेत्रमा लकडाउन लागू

आइतबार, ११ साउन २०७७, ११ : ५८
आइतबार, ११ साउन २०७७

उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँगको सीमावर्ती शहरमा आपत्काल तथा लकडाउन लागू गरेका छन् । कोरोनाभाइरसबाट शंकास्पद संक्रमित एक व्यक्ति दक्षिण कोरियाबाट भागेर आएपछि उक्त क्षेत्रमा लकडाउन लागू गरिएको हो ।

 यदी ती व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पुष्टि भयो भने उनी आधिकारिकरुपमा उत्तर कोरियाका पहिलो कोरोनाभाइरस संक्रमित हुनेछन् । उत्तर कोरियाको समाचार एजेन्सी केसीएनएका अनुसार किमले आपत्तकालिन पोलिटब्युरोको बैठक बोलाएर खतरनाक भाइरसमा प्रवेश गरेको हुनसक्ने बताउँदे संवेदनशील अवस्था रहेको जिकिर गरेका थिए ।

करिब तीन वर्षअघि भागेर दक्षिण कोरिया प्रवेश गरेका ती व्यक्ति यो महिना सीमावर्ती काइसोङ गाउँमा फर्किएका थिए । उनमा कोभिड–१९ को लक्षणहरु देखापरेको केसीएनएले जनाएको छ । समाचार एजेन्सीले उनको स्वास्थ्य परीक्षण भए–नभएको खुलाएको छैन । उत्तर कोरियाले देशमा कोरोनाभाइरसको संक्रमण रहेको आधिकारिकरुपमा स्वीकार गरेको यो पहिलोपटक हो ।

स्रोतः रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप