सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले रच्यो इतिहास
भारतका दिवंगत अभिनेता सुशान्ण्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ शुक्रबार ओटीटी प्लेटफर्ममा रिलिज भयो । रिलिजलगत्तै फिल्मले थुप्रै रेकर्ड तोडेको छ । फिल्मले इन्टरनेट चलचित्र डाटाबेस (आइएमडिबी) मा १०÷१० रेटिङ पाएको छ जो आफैंमा एउटा रेकर्ड हो । यसका साथै सुशान्तका प्रशंसकले ट्वीटरमा #DilBecharaCreatesHistory ट्रेन्ड पनि चलाएका छन् ।
सुशान्तको फिल्मको रेकर्ड तोड सफलता देखेर प्रयोगकर्ताले यसलाई ह्याशट्यागमार्फत् ट्वीट गर्न सुरु गरेका हुन् । हाल यो ह्याशट्यागमा चार हजार ट्वीट्ससहित १७ औं नम्बरमा छ । फिल्म शुक्रबार बेलुका सात बजे रिलिज गरिएको हो । रिलिज हुने बित्तिकै जुन प्लेटफर्ममा फिल्म रिलिज हुनु थियो त्यो हेभी ट्राफिकका कारण क्र्याश भयो । सुरुमा यो फिल्मलाई आइएमडिबीले पूरा रेटिङ दिएपनि पछि यो रेटिङ ९.८ भएको छ । स्मरण रहोस्, सुशान्तको अन्तिम फिल्म दिल बेचारा कमल हासन र आर माधवनको सन् २००३ मा रिलिज भएको तमिल फिल्म अम्बे सिवमलाई पछि पार्दै आइएमडिबीको टप रेटेड इन्डियन मुभिजको सूचीमा शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु
-
शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने
-
म्युजिक अवार्ड : को बन्लान् उत्कृष्ट गायिका ? (मनोनयन सूचीसहित)
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो