सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ ले रच्यो इतिहास
भारतका दिवंगत अभिनेता सुशान्ण्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ शुक्रबार ओटीटी प्लेटफर्ममा रिलिज भयो । रिलिजलगत्तै फिल्मले थुप्रै रेकर्ड तोडेको छ । फिल्मले इन्टरनेट चलचित्र डाटाबेस (आइएमडिबी) मा १०÷१० रेटिङ पाएको छ जो आफैंमा एउटा रेकर्ड हो । यसका साथै सुशान्तका प्रशंसकले ट्वीटरमा #DilBecharaCreatesHistory ट्रेन्ड पनि चलाएका छन् ।
सुशान्तको फिल्मको रेकर्ड तोड सफलता देखेर प्रयोगकर्ताले यसलाई ह्याशट्यागमार्फत् ट्वीट गर्न सुरु गरेका हुन् । हाल यो ह्याशट्यागमा चार हजार ट्वीट्ससहित १७ औं नम्बरमा छ । फिल्म शुक्रबार बेलुका सात बजे रिलिज गरिएको हो । रिलिज हुने बित्तिकै जुन प्लेटफर्ममा फिल्म रिलिज हुनु थियो त्यो हेभी ट्राफिकका कारण क्र्याश भयो । सुरुमा यो फिल्मलाई आइएमडिबीले पूरा रेटिङ दिएपनि पछि यो रेटिङ ९.८ भएको छ । स्मरण रहोस्, सुशान्तको अन्तिम फिल्म दिल बेचारा कमल हासन र आर माधवनको सन् २००३ मा रिलिज भएको तमिल फिल्म अम्बे सिवमलाई पछि पार्दै आइएमडिबीको टप रेटेड इन्डियन मुभिजको सूचीमा शीर्ष स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण