शुक्रबार, ०८ चैत २०८१
ताजा लोकप्रिय

सहकारीबाट ऋण लिनेलाई खुसीको खबरः ऋणको भाका १ वर्षसम्म सार्न सकिने

आइतबार, ११ साउन २०७७, ११ : ४८
आइतबार, ११ साउन २०७७

सहकारीहरुले पनि ऋणीलाई राहत दिने भएका छन् । कोरोनाले पारेको असरलाई मध्यनजर गर्दै सहकारी विभागले  ऋणीलाई सहुलियत दिन सकिने व्यवस्था गरेको छ । विभागले निर्देशन जारी गर्दै १ वर्षसम्म भाका सार्न सकिने जनाएको छ ।

 कोरोनाबाट प्रभावित व्यवसायीको असुल हुन नसकेको ऋणको भाका अवधि सहकारीले नै ६ महिना पछाडि सार्न सक्नेछन्। यता  ६ महिनाभन्दा बढी १ वर्षसम्म नियामकको पूर्व स्वीकृति लिएर पनि भाका सार्न सकिने निर्देशनमा उल्लेख छ।

२०७७ असार मसान्तसम्म भुक्तानी हुनुपर्ने साँवा तथा ब्याजको अवधिलाई व्यवसायमा परेको असर मूल्याङ्कन गरी संचालक समितिले बढीमा ६ महिनासम्म भाका सार्न सक्ने छ। त्यस्तै साँवा र ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यबाट ब्याज, अतिरक्त शुल्क तथा जरिवाना लिन नपाउने व्यवस्था विभागले गरेको छ।

गत आर्थिक वर्षको असुली हुन बाँकी ब्याज रकमलाई साउन महिनाभर प्राप्त भएमा पनि गत आर्थिक वर्षकै आम्दानी मानी लेखाङ्कन गर्न चाहेमा एक पटकका लागि सहकारीलाई छुट हुने भएको छ।

महामारीको समयमा संस्थामा जोखिम व्यवस्थापनलाई सुरक्षित र प्रभावकारी बनाउन सञ्चालक समितिका पदाधिकारी संयोजक र व्यवस्थापन प्रमुख सदस्य रहनेगरी कम्तीमा ३ जनाको जोखिम व्यवस्थापन कार्यदल गठन गर्न  सहकारी संस्थालाई विभागले निर्देशन दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?