शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलामा ९६ हजार ३०० पुग्यो

आइतबार, ११ साउन २०७७, १० : ४६
आइतबार, ११ साउन २०७७

काठमाडौं । सुनको मूल्य लगातार बढ्दै गएको छ । मूल्य बढ्ने क्रममा आइतबार सुन तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबारको अन्तिम दिन शुक्रबारको तुलनामा सुनको मूल्य आज तोलामा रु ५०० बढेको हो । 

महासंघले शुक्रबार सुनको मूल्य तोलामा ९५ हजार ८०० कायम गरेको थियो । यस्तै आइतबार तेजावी सुनको मूल्य ९५ हजार ८६० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य ११५५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप