प्रधानन्यायधीश राणाले तोके पेसी, रञ्जनविरुद्धको मुद्दा ३ न्यायाधीशको पूर्णइजलाशमा

काठमाडौं । रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन निवेदनको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाईका लागि तीन न्यायाधीशको बेञ्चमा तोकेका छन् । आइतबार हुनु सुनुवाईका लागि प्रधानन्यायाधीश जबराले बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्णइजलाशमा पेशी तोकेका छन् ।
पत्नी गीता ढकालको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले रञ्जनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर उक्त मुद्दा सर्वोच्च अदालतमा पुग्दा सर्वोच्चले रञ्जनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय तोक्ने र सम्पत्ति जफत नगर्ने निर्णय गरेको थियो ।
गएको असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको कैद ११ वर्ष ६ महिना घटाइदिएको थियो ।
सर्वोच्चको फैसलालगत्तै सरकार उक्त मुद्दा पुनरावलोकनका लागि निवेदन दिन पुगेको थियो । रञ्जनलाई गलत मनसायले कैद सजायमा छुट दिइएको र सर्वोच्चकै नजिर विपरीत भएको भन्दै सरकारले पुनरावलोकनको निस्सा माग गरेको थियो ।
सार्वजनिक विदाको दिन भएपनि शनिवार नै उक्त मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो ।
आज तीन जना न्यायाधीशको बेञ्चमा परेको पुनरावलोकनको निवेदनले निस्सा पाएको खण्डमा उक्त मुद्दा फेरि अघि बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्दार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त