शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना रनौतको समर्थनमा आए शत्रुघ्न सिन्हाः भने, ‘उनको सफलतासँग डाहा गर्नेहरु मात्रै उनीविरुद्ध खनिएका छन्’

आइतबार, ११ साउन २०७७, ०८ : १०
आइतबार, ११ साउन २०७७

सुशान्त सिंह राजपूतलाई न्याय दिलाउनका लागि लडिरहेकी कंगना रनोटले बलिउडका दिग्गज कलाकार शत्रुघ्न सिन्हाको समर्थन पाएकी छिन् । उनलाई विश्वास गर्ने हो भने जो व्यक्ति कंगनाविरुद्ध बोलिरहेका छन्, उनीहरु वास्तवमा उनको असफलतासँग डाहा गर्छन्  । शत्रुघ्नले यो दाबी एक न्यूज च्यानललाई दिएको अन्तरवार्तामा गरेका हुन् । यतिबेला उनले बलिउडको एउटा समूह क्षमतावान् आउटसाइसर्डविरुद्ध सामूहिक रुपमा उत्रने गरेको पनि बताए ।

कंगनासँग के को रिस ?

रिपब्लिक टिभीसँगको कुराकानीमा शत्रुघ्नले भने, ‘मैले धेरैजसो मानिसहरुले कंगनाविरुद्ध बोलिरहेको देखेको छु । किनभने उनीहरुलाई कंगनाको सफलतासँग डाहा छ । हाम्रो दया बिना, हाम्रो इच्छा विपरित, हाम्रो समूहमा समावेश नभइकन र कसैको पनि आशिर्वादको साहारा बिना यो केटीले यति धेरै हासिल गरेकी छिन् कि मानिसहरुको उनको सफलता र बहादुरीसँग डाहा गर्न थालेका छन् ।’

‘कफी विद करन’ माथि निशाना साँधेः

शत्रुघ्नले उक्त अन्तरवार्तामा करन जाहेरको च्याट शो ‘कफी विद करन’ माथि पनि कटाक्ष गरेका छन् । उनले भने, ‘हाम्रो पालामा ‘कफी विद करन’ जस्ता केही पनि थिएन । यस्तै नियोजित कार्यक्रमका कारण विवाद पैदा हुन्छ । अहिले जुन मानिसहरुको कुरा भइरहेको छ, उनीहरु हाम्रै समाजका सदस्य हुन् । तर फिल्मी उद्योग कुनै एक व्यक्तिसँग सम्बन्धित हुँदैन जसमा केही मानिसहरुले यसलाई बोयकट गर वा यसलाई यहाँबाट निकालौं भन्ने गर्छन् । तपाईंहरु यसो भन्ने को हो ? तपाईं यो उद्योगमा कसरी आउनुभएको छ र तपाईंले आफ्नो जीवनमा के नै गर्नुभएको छ ?’

कंगनाको विरोध गर्नेमा शत्रुघ्न सिन्हाकी छोरी पनि थिइन्ः

शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी सिन्हा लगातार ती व्यक्तिलाई साथ दिइरहेकी छिन् जो कंगनाको विरोधी गरिरहेका छन् । १४ जूनमा सुशान्त सिंह राजपूतले आत्महत्या गरेका थिए । जब कंगनाले यसका लागि बलिउडमा फैलिएको नेपोटिजमलाई जिम्मेवार देखाइन् र करन जोहरमाथि निशाना साँधिन् तब सोनाक्षीले नाम नलिइकनै उनलाई टार्गेट गरेकी थिइन् ।

सोनाक्षीले आफ्नो ट्वीटमा लेखेकी थिइन्, ‘यस्ता मानिसहरुले आफ्नैको मृत्युको आडमा आफ्नो प्रचार गर्छन् तर अब यो सब बन्द हुनुपर्छ । तपाईंको नकारात्मकता, घृणा र विष कसैलाई पनि चाहिएको छैन । जो यो संसारबाट बिदा भएका छन्, तपाईं उनको सम्मान गर्नुहोस् ।’ पछि जब उनलाई ट्रोल गरियो तब उनले आफ्नो ट्वीटर अकाउन्ट नै डिलिट गरिदिएकी थिइन् ।

केही दिन अघि तापसी पन्नूले कंगनामाथि सुशान्तको मृत्युको प्रयोग नीजि बदलाका लागि गरेको आरोप लगाएकी थिइन् । तब सोनाक्षीले उनको तारिफ गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘तिमीमाथि गर्व छ तापसी । जुन गरिमा, परिपक्वता र इमान्दारीले तपाईंले जवाफ दिनुभयो त्यसका लागि म तपाईंको सम्मान गर्छु र आशा गर्छु कि अन्य मानिसहरुले पनि यस्तै गरुन् । तिमीलाई थप ऊर्जा मिलोस् ।’

वास्तवमा, कंगनाले एक अन्तरवार्तामा तापसी पन्नू र स्वरा भास्करलाई बी ग्रेड नायिका भनेकी थिइन् । यसकै जवाफमा तापसीले कंगनालाई जवाफ दिएकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप