केन्द्रीय संस्करण

इतिहासमा आज : गुजरातमा ७० मिनेटभित्र २१ वटा बम बिस्फोट

person explore access_timeसाउन ११, २०७७ chat_bubble_outline0

आज २६ जुलाई । सन् २००८ मा भारतको अहमदावादमा शृंखलावद्ध रुपमा बम बिस्फोट हुँदा ५६ जनाको मृत्यु भयो भने २०० भन्दा बढी व्यक्ति घाइते भए । गुजरात राज्यस्थित अहमदावाद पश्चिमी भारतको सांस्कृतिक तथा आर्थिक नगरीका रुपमा चिनिन्छ । तुलनात्मक रुपमा कम शक्तिशाली बम भएपनि शृंखलावद्ध रुपमा धेरै ठाउँमा बिस्फोट भएकाले धेरैको ज्यान गएको थियो ।

यस्तै बम एक दिनअघि बैङ्लोरमा  पठाइएको थियो । भारतीय टिभी च्यानलहरुका अनुसार यस घटना हुनभन्दा ५ मिनेटअघि उनीहरुको कार्यालय ठेगानामा इन्डियन मुजाहिद्दिनले इमेल गरेको थियो, जहाँ ५ मिनेटपछि शृंखलावद्ध बिस्फोट हुने धम्की उल्लेख थियो । यता, अर्को इस्लामिक सैन्य समूह हर्कत उल जिहाद अल इस्लामीले पनि यस घटना आफुले गराएको दाबी ग¥यो । घटनाका मुख्य योजनाकार भनिएका मुफ्ती अबु बसिरसँगै प्रहरीले बिस्फोटमा संलग्न ९ जनालाई विभिन्न स्थानबाट पक्राउ ग¥यो ।

साइकलमा टिफिन बोक्न प्रयोग गरिने बक्सामा बम राखिएको थियो, यस्तै शैली १३ मेमा जयपुरमा भएको बिस्फोटमा अपनाइएको थियो ।

धेरै जसो बिस्फोट अहमदावाद महानगरीय यातायत सेवालाई निशाना बनाएर गरिएको थियो । बिस्फोट सुरु भएको झन्डै ४० मिनेटपछि दुुईवटा बम अस्पताल परिसरमा पड्किए । सुरुवाती बिस्फोटपछि घाइते भएकाहरुलाई अस्पताल ल्याइएको अवस्थामा अस्पताल परिसरभित्रै एउटा बम पड्कियोे ।

इमेलमार्फत धम्की

धेरै समाचार एन्जेन्सीहरुका अनुसार उनीहरुलाई बिस्फोट हुुनभन्दा ५ मिनेटअघि १४ पृष्ठ लामो इमेलप्राप्त भएको थियो । ‘गुजरातमा बदलाका लागि ५ मिनेट प्रतिक्षा गर्नुस्,’ इमेलमा लेखिएको थियो । आक्रमणकारीले सन् २००२ को गुजरात हिंसातर्फ इशारा गर्दै बदलाको विषय उल्लेख गरेका थिए ।

यो इमेल इन्डियन मुजाहिद्दिन नामक समूहले पठाएको थियो । ‘अल्लाहको नाममा इन्डियन मुुजाहिद्निले फेरि आक्रमण गर्छ । जे सक्छौं गर,’ इमेलमा लेखिएको थियो । यस इमेलमा महाराष्ट्रका मुख्यमन्त्री विलासराव देशमुख, सहायक मुख्यमन्त्री आरआर पटेल, व्यापारी मुकेश अम्बानी र धेरै बलिउड अभिनेतालाई धम्की दिइएको थियो ।

अन्य घटनाक्रम

सन् १९४५– बेलायतको प्रधानमन्त्री पदबाट बिस्टन चर्चिलको राजीनामा ।

सन् १९५३– फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युवामा क्रान्ति सुरु ।

सन् १९९७– एशिया कप क्रिकेटको उपाधि श्रीलंकालाई ।

सन् २००७– पाकिस्तानद्वारा परमाणुशक्ति सम्पन्न क्रुज मिसाइल बाबर हत्फ–७ को सफल परीक्षण ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.