मालपोतलाई स्थानीय तहमा लैजाने प्रक्रिया सुरु
काठमाडौँ – जग्गा प्रशासन र भू–सेवा सम्बन्धी अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको छ । सरकारले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमै ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने घोषणा गरेको थियो ।
संविधानमा मालपोत स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख छ । यस अघिसम्म मालपोत कार्यालयले गर्दै आएको जग्गा प्रशासन सम्बन्धी तथा भू–सेवा सम्बन्धी काम स्थानीय तहले गर्नेछन् । मालपोत कार्यालय कलङ्कीले आफ्नो कार्य क्षेत्रभित्र पर्ने काठमाडौँंका नागार्जुन, कीर्तिपुर, दक्षिणकाली, चन्द्रागिरि र काठमाडौंँ महानगरका वडा १३, १४ र १५ का पाँच÷पाँच कर्मचारीलाई जग्गा प्रशासन र भू–सेवा सम्बन्धी तालिम प्रदान गरेको छ ।
उक्त पाँचवटा नगरपालिकाका पाँच÷पाँच कर्मचारीलाई तालिमको प्रमाणपत्र प्रदान गरी सेवा स्थानीय तहलाई हस्तान्तरण प्रक्रिया सुरु गरिएको कलङ्की मालपोत कार्यालयले जनाएको छ । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले संविधानमा उल्लिखित अधिकार स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया कलङ्की मालपोत कार्यालयबाट सुरु भएको बताए ।
उनले जग्गा प्रशासन र भू–सेवा सम्बन्धी काम स्थानीय तहमा हस्तान्तरण भएसँगै संविधानमा उल्लिखित अधिकार, सरकारको नीति र कार्यक्रम कार्यान्वयन गर्ने कार्य सुरु भएको बताए ।
कलङ्की मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत टेकराज अर्यालले मालपोतको अधिकार स्थानीय तहमा गइसकेपछि मालपोत कार्यालयले नियमित रूपमा स्थानीय तहको काममा समन्वयको काम गर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको संसद बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय
-
वीर गणेशमान सिंह टी-२० राष्ट्रिय क्रिकेट : कोशीमाथि बागमती प्रदेशको रोमाञ्चक जित
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी