मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनको उहानमा थप सङ्क्रमित भेटिएनन्, देशभर विदेशबाट आएका पाँच जनामा सङ्क्रमण पुष्टि

शनिबार, १० साउन २०७७, २१ : १४
शनिबार, १० साउन २०७७

सबैभन्दा पहिले नयाँ कोरोनाभाइरस (कोभिड–१९) पत्ता लागेको चिनियाँ शहर उहानमा विगत २४ घण्टामा  कोरोनाभाइरस सङ्क्रमित नभेटिएको प्रान्तीय स्वास्थ्य आयोगले शनिबार जानकारी गराएको छ ।

उहानमा शुक्रबारसम्म सङ्क्रमितको निकटमा रहेका चार व्यक्तिलाई सङ्क्रमित भएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । हुबेईमा बिहीबारसम्ममा सबै शङ्कास्पद विरामीहरूको परीक्षणपछि उनीहरूलाई घर पठाइएको थियो । यद्यपि शुक्रबार भेटिएका विरामी विदेशबाट आएका र उनीहरूमा कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यस्तै चिनियाँ मुख्यभूमिमा शुक्रबार पाँच व्यक्ति सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैजना विदेशबाट चीन आएका अधिकारीहरूले बताएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार दिएको जानकारी अनुसार अहिलेसम्म विदेशबाट चीन भित्रिएका दुई हजार ३४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

थप सङ्क्रमितमध्ये दुई जना साङ्घाई नगरपालिकाका रहेका छन् भने दुई जना क्वाङडोङ प्रान्तमा विदेशबाट आएका व्यक्ति हुन् भने एक व्यत्ति, भित्री मङ्गोलिया स्वायत्त क्षेत्रका भएको आयोगले बताएको छ । 

चीनमा पहिलो र पछिल्लो क्लस्टरमा गरी कूल ८३ हजार ७८४ जनामा सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६३४ जनाको मृत्यु भएको छ । चीनमा सङ्क्रमितमध्ये ७८ हजार ८८९ व्यक्ति निको भई घर फर्किएका छन् भने अझै २६१ जनाको विभिन्न शहरहरूमा रहेका कोभिड–१९ विशेष अस्पतालमा उपचार भइरहेको छ । विरामीमध्ये छ जनामा जटिल स्वास्थ्य समस्या देखिएको छ । सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप