क्वारेन्टिनमासँगै बसेकी पत्नीलाई मात्र कोरोना सङ्क्रमण
झापा । मेचीनगर नगरपालिका वडा नं १० को होटल क्वारेन्टिनमा भारतबाट आएर एउटै कोठामा बसेका एक दम्पतीमध्ये पत्नीमा मात्र कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
एक साताभन्दा अघिदेखि धुलाबारीको रोयल निर्वाण होटलको एउटा कोठामा बसेका दम्पतीको स्वाब परीक्षण गर्दा पत्नीमा कोभिड–१९ पुष्टि भएको र पतिमा सङ्क्रमण नदेखिएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले बताए ।
उनीहरुको स्वाब परीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थियो । पतिमा कोरोना नभएको रिपोर्ट शुक्रबार नै आएको थियो भने पत्नीमा कोरोना सङ्क्रमण रहेको रिपोर्ट आज मात्र आएको हो ।
सङ्क्रमण पुष्टि भएकी महिलालाई उपचारका लागि कोभिड हस्पिटल लगिएको र उनका पतिलाई पुनः क्वारेन्टिनमै राखिएको संयोजक बरालले जानकारी दिए । सङ्क्रमित बसेको कोठालाई निसङ्क्रमित गरिएको र सङ्क्रमित पत्नीसँगै कोठामा बसेका पुरुषको दोस्रोपटक स्वाब परीक्षण गरिने भएको छ ।
मेचीनगरमा होटल क्वारेन्टिनमा बसेकाहरुमा कोभिड–१९ को सङ्क्रमण भेटिएको यो दोस्रो घटना हो । यसअघि मेचीनगर–६ काँकडभिट्टामा रहेको अर्को होटलमा बसेका एक पुरुषमा समेत सङ्क्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा