कोरोना अपडेटः विश्वभर सङ्क्रमितको संख्या एक करोड ५९ लाख नाघ्यो

एजेन्सी – विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।
सङ्क्रमितमध्ये हालसम्म ९७ लाख ५४ हजार २५३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५५ लाख ५८ हजार ५९४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६६ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४२ लाख ४८ हजार ४९२ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४८ हजार ४९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ३६ लाख २६ हजार ६०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ३१ हजार १५५ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४९ लाख ८१ हजार ४३७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ दुई लाख ५ हजार ९६८ जनाको मृत्यु भएको छ ।
युरोपमा २७ लाख ५९ हजार ७३२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख १ हजार १२४ को मृत्यु भएको छ । एसिया ३७ लाख ५७ हजार ५८० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४६५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा आठ लाख १४ हजार १६५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार १४६ जनाको मृत्यु भएको छ । ओसियानामा १५ हजार ६४७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६७ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोना कोपा डेल’रेको फाइनलमा, रियाल मड्रिडसँग उपाधि भिडन्त
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड र अष्ट्रेलियन डलरको मूल्य ?
-
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा
-
आज चैती छठ पर्वको व्रत र सझियाघाट
-
नयाँ वर्षको अवसरमा चारतारेमा चौँरी महोत्सव
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्