शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गजल

शनिबार, १० साउन २०७७, १३ : ४८
शनिबार, १० साउन २०७७

-भरत सिग्देल

दूध पिलाएँ नाग सम्झी डसेर पो मार्यौ
छातीभित्रै विषदन्त धसेर पो मार्यौ

फाली बनी च्वास्स घोच्दै निस्क्यौ मुटुबाट
लुट्पुटिँदै सियो बनी पसेर पो मार्यौ

गर्यौ व्यापार हरितालको निरमसी देखाउँदै
मायाजालमा पार्न चिल्लो घसेर पो मार्यौ

रगतको सहीछाप वाचाकसम तोड्दै
अनायासै पराई काखमा बसेर पो मार्यौ

सुम्सुम्याउँदै वदनमा गर्थ्यौ अधरपान
अङ्कमाल गर्दै घाँटी कसेर पो मार्यौ

उड्दै थियौ आकाशको तारा ल्याउँछु भनी
सुङ्गुरको खोरभित्रै खसेर पो मार्यौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप