शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रकलाई ओभरटेक गर्दा मोटरसाइकल चालकको मृत्यु

शनिबार, १० साउन २०७७, ११ : ५२
शनिबार, १० साउन २०७७

बुटवल – रुपन्देहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको  छ ।

रुपन्देहीको तिलोत्तमा ट्रकलाई ओभरटेक गर्दे क्रम मोटरसाइकल चालकको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तिलोत्तमा नगरपालिका वार्ड नम्बर ५ मणिग्रामचोक निजिकै सिदार्थ राजमार्गमा  भैरहवाबाट बुटवल तर्फ जादै गरेको लु २३ प ९२ ०५ नम्बरको मोटरसाईलकले सोही दिशातर्फ जादै गरेको ना ६ ख ३३६६ नम्बरको ट्रकलाई ओभरटेक गर्दा मोटरसाईकल चालक गूल्मी दरवार गाउँपालिका वार्ड नम्बर २ बस्ने २९ को धनवहादुर बस्नेतको मृत्यु भएको छ ।

बस्नेत उपचारक्रंममा क्रिमसन अस्पताल मणिग्राण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडकबहादुर खत्रीले बताए । ट्रक चालक सल्यान जिल्लाको शारदा नगरापलिका वार्ड नम्वर ४ बस्ने ३० बर्षका टंक बुढाथोकी  नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप