शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शनिबारको मौसम पूर्वानुमान, यी स्थानमा भारी वर्षा

शनिबार, १० साउन २०७७, ०८ : ३४
शनिबार, १० साउन २०७७

जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसमको पूर्वानुमान जारी गरेको छ । 

शनिवार देशभर मनसुनी वायुको प्रभाव परेकाले सामान्य बदली भइ केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम विज्ञान विभागले जनाएको छ । 

यसका साथै साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साथै, बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

यस्तै,  देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १ का  एक वा दुई स्थानमा  मेघगर्जन, चट्याङ्गसहित भारी वर्षाको समेत  सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप