नेकपामा किचलो : दाहाल र नेपालले एउटै मञ्चबाट गरे ओलीको आलोचना
काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार बिहान बालुवाटार पुगे। प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा छलफल गरे। त्यसपछि दाहाल नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२औं स्मृति दिवसमा आयोजित कार्यक्रमतिर हिँडे। त्यहाँ वरिष्ठ नेता माधवकुमार नेपाल पनि उपस्थित थिए।
दाहाल र नेपालले एकै मञ्चबाट प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीको आलोचना गरे। यसले नेकपामा किचलो कायमै रहेको देखाएको छ। दाहाल र नेपाल दुवैजना ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भए। दुवै नेता नेकपाका अर्का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवसमा ललितपुरको कुम्भेश्वरमा आयोजित कार्यक्रममा पनि सँगै थिए।
दाहाल र नेपालले असार १६ यता ओलीको राजीनामा माग गर्दै आएका छन्। गत शनिबारको सचिवालय बैठकमा ओलीले गरेको पार्टी एकताको महाधिवेशन मंसिरमै गर्ने प्रस्तावमा भने दाहाल सकारात्मक देखिएका थिए। त्यसले नेपालसँगको सम्बन्धमा अविश्वास पैदा गरेको थियो।
दाहाल र नेपालले शुक्रबार भने प्रधानमन्त्री ओलीले आफूलाई मात्र राष्ट्रवादी देखाउन खोजेको, पार्टीको सामूहिक निर्णय नमानी पार्टीको अधीनस्थ सरकार सञ्चालन गर्ने कम्युनिस्ट पार्टीको बाटोविपरीत हिँड्न थालेको आरोप लगाए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता