अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा

धादिङ । अविरल वर्षाका कारण अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि सञ्चालन भएको छ । बेनिघाटरोराङ गाउँपालिका–१० अन्र्तगत मौवाखोलामा मौवा खोलाको बाढीले राजमार्गमा रहेको पुल छेउको सडक भत्काएको थियो ।
भत्किएको सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र सडक विभागका कर्मचारीको सहयोगमा निर्माण गरिएको हो । खोलाको छेउतर्फको भागमा ग्याभिन जाली लगाएपछि अवरुद्ध राजमार्गमा साना सवारी सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो । अवरुद्ध भएको सडकमा पर्खाल लगाइएको र माटो गिटी बालुवा भरिएपछि अस्थायीरुपमा सडक सञ्चालनमा आउनसक्ने अवस्थामा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी रुपक खड्काले बताएका छन् ।
सबै किसिमको सवारी सञ्चालन हुने गरी राजमार्ग सञ्चालन हुनका लागि अझै केही दिन लाग्नेछ । खोलामा डाइभर्सन गरी ग्याभिन जाली भरेर ठूलो पर्खाल लगाएपछि मात्र सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमल पान मसालाको विज्ञापन गरेका तीन बलिउड स्टारलाई पर्यो भारी
-
८ मिनेटभित्र २ गोल गरेपछि हारबाट जोगियो युनाइटेड
-
ताप्लेजुङमा फेरि प्रहरी र आन्दोलनकारीबिच झडप, दुई जना घाइते
-
अतीतमा गाँसिदै बनेका आठ महिला कलाकारका कला
-
साविक विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा
-
नयाँ शक्तिद्वारा ३ महिने सांगठनिक अभियान प्रस्ताव